माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा



काठमाडौं, (नेस)
माछापुच्छ«े बैंकले आइतबारदेखि सञ्चालनमा आउने गरीे पाटन (गाःबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ। उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले गर्नुभयो।

सञ्चालनमा आएको नयाँ शाखाबाट बैकले ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ। ४ अर्ब ६६ करोड ६४ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैकले गत पुस मसान्तसम्म ५८ अर्ब २४ करोड रुपियाँ निक्षेप परिचालन गरी ५१ अर्ब ८५ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ। सो अवधिमा बैंकले ८४ करोड ९१ लाख रुपियाँ सञ्चालन मुनाफा तथा ५७ करोड ५३ लाख रुपियाँ खुद मुनाफा गरेको छ।बैंकले ५६ शाखा तथा १ एक्सटेन्सन काउन्टरमार्फत बैकिङ सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्