शान्ति वार्ताका लागि विद्रोही र सरकारलाई आमन्त्रण



अलमाटी, (एजेन्सी)
काजकिस्तानको विदेश मन्त्रालयले शनिबार सिरियाली सरकार र विद्रोही पक्षलाई दोस्रो चरणको शान्ति वार्ताका लागि जेनेभामा जानुभन्दा पहिले यसै विषयमा थप छलफल गर्न अस्तानामा आउन आमन्त्रण गरेको छ। अस्तानामा यही १५ र १६ फेबु्रुअरी गते छलफल गर्ने गरी आइपुग्न तिनीहरूलाई बोलाइएको मन्त्रालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ।

रसिया, टर्की र इरानको पहलमा अस्तानामा भएको पहिलो चरणको वार्ता २३ जनवरीमा बोलाइएको थियो भने दुवै पक्षले आवश्यक तयारीका साथ दोस्रो वार्तामा सहभागी हुने सहमति भएको थियो। दोस्रो चरणको औपचारिक वार्ताको पूर्वसन्ध्यामा हुने छलफलमा सिरियाली सरकार तथा विद्रोही पक्षबाट आफ्ना प्रतिनिधि सहभागी गराउन आग्रह गरिएको छ भने वार्तामा संयुक्त राष्ट्रसंघका सिरियाका लागि विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुरा र अमेरिकी पर्यवेक्षकहरूलाई पनि बोलाइएको छ। अस्ताना वार्ताले सिरिया युद्धविराम र स्थायित्वका उपाय खोज्ने विषयलाई छलफलको मुख्य एजेन्डा बनाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्