प्राविधिक तर्फको एआईजीलाई कार्यवाहक आईजी दिने तयारी



काडमाडौं, (नेस) ।
प्रहरी अस्पतालका प्रमुख एआइजी डा दिनेशचन्द्र पोखरेललाई कार्यवहाक आइजीको जिम्मेवारी दिने भएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २५ औं आइजी नियुक्तीमा विवाद उत्पन्न भएपछि प्राविधिक तर्फका एआइजी पोखरेललाई कार्यबाहक दिन लाग्नु भएको हो ।

प्रहरी महानिरीक्षक अर्यालको कार्यकालको अन्तिम दिन आइतबार सरकारले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरे पनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अर्यालले कार्यवाहकको जिम्मेवारी पोखरेललाई दिन लाग्नुुभएको हो ।

प्रतिक्रिया दिनुहोस्