ग्रामिण बस्तिको जनजिवन भगवान भरोसा



नविन श्रेष्ठ, सिन्धुली ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव भएका स्वास्थ्यकर्मी पनि ग्रामिण क्षेत्र नजाने समस्या तथा ग्रामिण क्षेत्रका अधिकांश औषधी पसल बिना इजात सञ्चालन गर्दा ग्रामिण बस्तिका जनजिवन भगवान भरोसामा चलिरहेको छ ।

ग्रामिण क्षेत्रमा कति औषधि पसल सञ्चालनमा रहेको छ भन्ने कुरा जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै तथ्याङक नै छैन । सिन्धुली सदरमुकाममा केहि इजाजत प्राप्त व्यक्तिले आषधी पसल सञ्चालन गरे पछि केहिले अन्य व्यक्तिको इजाजत पत्र राखेर सञ्चालन गरिरहेका छन् भने ग्रामिण क्षेत्रका सबै औषधी पसल इजाजत विना नै सञ्चालनमा रहेका छन् ।

सामान्य बिरामी हुँदा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिने र औषधि पसल सञ्चालक पनि स्वास्थ्य सम्बन्धि वा औषधी सम्बन्धि अध्ययन नभएका व्यक्तिहरुले सञ्चालन गर्दा ग्रामिण क्षेत्रका मानिसको स्वास्थ्य जोखिममा परेको छ । औषधी विक्रिवितरण गर्न फार्मेशी अध्ययन गरी अनुमति पत्र पाप्तले मात्र औषधी विक्रि वितरण गर्न पाउने प्रावधान भए पनि सिन्धुलीका ग्रामिण क्षेत्रमा अधिकाँश सामान्य लेखपढ गरेकाले औषधि विक्रि वितरण गरिरहेका छन् ।

ग्रामिण क्षेत्रममा स्वाथ्य चौकी तथा उपस्वास्थ्य चौकी भए पनि स–साना औषधि पसलहरुबाट औषधी उपभोग गर्न बाध्य छन् । ग्रामिण क्षेत्रमा अधिकांश किराना पसलमा नै औषधि पसल सञ्चालन गरिरहेका छन् । मापदण्ड पुरा नगरि सञ्चालन गरिएका यस्ता औषधि पसलले सर्वसाधरणको स्वास्थ्य माथि चरम खेलवाड गरिरहेका छन् ।

औषधीको कारण मानिसको मृत्यु भएको खबर बेलाबेलामा आईरहे पनि सरोकारवालको व्यवास्ताको कारण ग्रामिण क्षेत्रका मानिस जोखिपुर्ण जीवन विताउनु वाध्यछन् । गाउमा सञ्चालन रहेका औषधी पसल केहि केहि सिएमए अध्ययन गरेका व्यक्तिले सञ्चालन गरेका भए पनि अधिकांश अनुभवको आधारमा अन्दाजी औषधी दिने व्यक्तिले औषधी पसल सञ्चालन गरिरहेका छन् ।

ग्रामिण क्षेत्रका कुनै पनि औषधी पसल औषधि व्यवस्था विभाग, जिल्ला स्वास्थ्य कार्यालय वा कुनै पनि निकायमा दार्ता विना सञ्चालित रहेका छन् । ग्रामिण क्षेत्रका अधिकांश औषधी पसल इजाजत पत्र विना नै सञ्चालन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादु बस्नेतले पनि स्वीकार गर्नु हुन्छ । तर जिल्ला जनस्वास्थ्य कार्यालय भन्दा पनि औषधि व्यवस्था विभाग क्षेत्रिय निर्देशनालयमा दर्ता भएर सञ्चालन हुने भएकोले कारवाही प्रकृया अगाडी बढाउन नसकिएको जनस्वास्थ्य प्रमुख बस्नेतले बताउनुभयो ।

स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनमी, एचए, सिएमएले औषधि विक्रिवितरण गरे पनि उनीहरुले औषधि विक्रिवितरण गर्न नपाउने जनस्वास्थ्य प्रमुख वस्नेतले वताउनुभयो । औषधि विक्रिवितरण गर्न अनिवार्य फार्मेशी उतिर्ण गरि औषधि व्यवस्था विभागबाट इजाजत लिएकाले मात्र औषधि विक्रिवितरण गर्न पाउने जनस्वास्थ्य प्रमुख वस्नेतले वताउनुभयो ।

ग्रामिण क्षेत्रमा सिएमए, अनमि नै सबै भन्दा ठूलो डाक्टर भन्ठान्नेहरुलाई उनीहरुकै विश्वासमा औषधि सेवन गरिरहेका छन् । अन्दाजको भरमा वितरण गरिएका औषधिले कतिको नकारात्मक असर गर्छ भन्ने कुरा थाहा नै छैन । ग्रामिण क्षेत्रमा कम औषधि विक्रि वितरण हुने र ठूलो रकम खर्चिएर अध्ययन गरेकाहरु सहरमा नै वढी कामउने भएकोले ग्रामिण क्षेत्रमा इजाजत प्राप्त व्यक्तिहरु जानमान्दैन र ग्रामिण क्षेत्रका जनजीवन भगवान भरोसा नै चलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्