बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको मृत्यु



ढाका, १ फागुन । बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबहाक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिनु भएको छ । दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिनु भएको छ ।

स्थानीय समयानुसार विहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिनुभयो । बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्