फलफूल तथा तरकारीको थोक मूल्य घट्यो



नेपाल समाचारपत्र
काठमाडौं
अघिल्लो महिनाको तुलनामा तरकारी तथा फलफूलको थोक मूल्य समग्रमा ४० प्रतिशतसम्म घटेको छ। उत्पादकत्वमा वृद्धि, मागअनुसार सहज आपूर्ति तथा भारतबाट समेत आयात हु“दा तरकारी तथा फलफूलको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशन तेजेन्द्र पौडेलले बताउनुभयो।

तरकारीको थोक मूल्य सस्तिए पनि उपभोक्ताले राहत महशुस गर्न पाएका छैनन्। उत्पादकले कम मूल्य पाउने र उपभोक्ताले बढी मूल्य तिर्न बाध्य भएको हु“दा तरकारीमा दुवै पक्षलाई मर्का हुने गरेको छ। अहिले कालीमाटी तरकारी बजारमा दैनिक ८ सय मेट्रिक टन तरकारी भित्रिने गरेको समितिले जनाएको छ।

केही समय अघिसम्म दैनिक ६ सय मेट्रिक टनमात्रै तरकारी आयात हुने गरेको थियो। अघिल्लो महिना आलु रातोको थोक मूल्य प्रतिकिलो २५ रुपिया“ रहेकोमा हाल २१ रुपिया“मा झरेको छ। त्यस्तै बन्दाको थोक मूल्य ४५ प्रतिशतसम्म घटेर प्रतिकिलो १२ रुपिया“ पुगेको छ। १२५ रुपिया“ प्रतिकिलोसम्म पुगेको च्याउ हाल ७५ रुपिया“मा बिक्री भइरहेको छ। समितिको मूल्यसूची अनुसार तोरी, पालुंगो, चमसुरलगायत सबै प्रकारका हरियो सागको थोक मूल्य माघ महिनामा घटेको छ।

त्यस्तै काउली, प्याज, गोलभेंडा, मुला, गाजरलगायत तरकारीको मूल्य घटे पनि सिमी, करेला, लौका, भन्टालगायतका वस्तुमा भने मूल्य बढेको छ। मटरकोसा अघिल्लो महिनाको तुलनामा ५८ प्रतिशतले वृद्धि भई माघ मसान्तसम्ममा प्रतिकिलो ५२ रुपिया“ पुगेको छ। फलफूलतर्फ भने तरबुजाको मूल्य ४१ प्रतिशतले घटेर प्रतिकिलो ३८ रुपिया“मा झरेको छ भने सुन्तलाको मूल्य १२ प्रतिशतले बढेर ९५ रुपिया“ प्रतिकिलो पुगेको छ। स्याउ, केरा, नस्पातीलगायत अन्य फलफूलको भने मूल्य भने स्थिर छ।

पछिल्लो चार महिनाको अवधिमा भारतबाट मात्र ४६ प्रतिशत तरकारी काठमाडौं भित्रिएको छ। यस वर्ष पानी प्रशस्त परेका कारण नेपालको तरकारी उत्पादनमा ढिलाइ भएकाले भारतबाट धेरै मात्रामा तरकारी भित्रिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार प्याज, काउली, मटरकोसा, बन्दा, गोलभेंडा उल्लेख्य मात्रामा भारतबाट भित्रिएको छ।

प्रतिक्रिया दिनुहोस्