क्याम्बोडियाको मोटरबाइक ट्याक्सीमा महिला ड्राइभर



नोमपेन्ह, (एजेन्सी)
क्याम्बोडियाको राजधानी नोमपेन्हमा जताततै मोटरबाइक ट्याक्सी पाइन्छ। त्यसमाथि पनि महिला ड्राइभरहरूले पर्यटक ओसारिरहेको दृश्य निकै रोचक र साहसिक देखिन्छ। किनभने त्यहा“को समाजलाई महिलाले यस्तो काम गरेको पचाउ“दैन। कात्या सेन्जेल नामक एक युवा उद्यमीले यस परम्परागत सोचाइलाई परिवर्तन गर्ने प्रयास गरिरहेका छन्।

रातो कस्सिएको टि–सर्ट र स्किन्नी जिन्स लगाएर मोटो गल्र्स टुर गाइड्सका रेनोउ चि र उनका सहकर्मी नोमपेन्हको एउटा होटेलमा पुगदा सबैले छक्क परी हेर्ने गर्छन्। लामो कालो कपाल पालेकी २६ वर्षीया रेनोउ भन्छिन्, त्यह“ा हामीलाई देख्ने मानिसहरू हामीलाई खराब केटीहरू ठान्छन्।’

वास्तवमा क्याम्बोडियामा विदेशीहरूसंग देखिने केटीहरूलाई खराब चरित्रका ठान्ने गर्छन्। स्पष्ट भन्ने हो भन्ने त्यस्ता केटीहरूलाई देहव्यापारी ठान्ने गरिन्छ। रेनोउकी २३ वर्षीया बहिनी राक्समी चि भन्छिन् ,‘हामी यसरी पुरुषहरसंग बाइकमा हिंडिरहेको देख्दा कहिलेकाहीं तिनीहरूले हामी केवल यौन व्यापार वा त्यस्तै कुनै अवैध फाइदाका लागि लागिरहेको सोच्छन्।’ मोटो गर्ल टुर वेवसाइटमा क्याम्बोडियाको राजधानीमा सुन्दर युवती ड्राइभरहरूको सेवा उपलब्ध छ भन्ने ब्यहोरा उल्लेख गरिएको छैन।

रेनोउलाई विज्ञापनमा पनि यति कन्जुस्या“इ गरिएको हो भन्ने बुझ्न सकेकी छैन। यस दक्षिणपूर्वी एसियाली मुलुकमा महिलाहरूले पर्यटकहरूलाई मोटरसाइकलमा राखेर डुलाउ“दा समाजलाई किन असजिलो महशुस हुन्छ भन्ने बुझ्न सकेको छैन। तर नोमपेन्हस्थित सीएस ट्राभल्सका मालिक सिभ चेंगका अनुसार अधिकांश मोटो ड्राइभर पुरुष रहेको बताउ“छन्।

क्याम्बोडियामा थुप्रै महिलाले भेस्पा स्कुटर र ≈युन्डाइ मोटरबाइक चलाउ“छन्। तर तिनीहरूले प्रायशः पर्यटक ओसार्दैनन्। आफ्नी एकजना काकीले थाइल्यान्डमा मोटो ट्याक्सी सेवा रहेको बताएपछि रेनोउ यो व्यवसाय शुरु गर्न हौसिएकी हुन्। आफ्नो इज्जत जोगाउनका लागि तिनीहरूले आफ्नो मोटरसाइकलमा बस्ने पर्यटकले आफ्नो शरीर छुन नपाउने नियम बनाएका छन्।

हाइ स्कुलमा छ“दाखेरिदेखि नै यो काममा लागेकी रेनोउले कलेजमा अंग्रेजी साहित्य अध्ययन गर्दै छिन्। उनी पर्यटकहरूलाई शहरको कुनाकाप्चामा डुलाउ“दै पैसा कमाउ“दा समाइलो लाग्ने बताउ“छिन्। लेख विषय पनि पढि रहेकी उनी आफ्नो भविष्य व्यापार व्यवसायमा पनि देख्ने गरेकी छिन्।

क्याम्बोडियाली पर्यटन मन्त्रालयका अनुसार सन् २०१५ मा झण्डै पचास लाख पर्यटक क्याम्बोडिया पुगेका थिए। उनले आफ्नी २२ वर्षीया कान्छी बहिनी श्रेनिच होर्मलाई पनि यसै व्यवसायमा तानेकी छिन्। तर सन् २०१६ को शुरुतिर यो व्यवसाय थाल्नुअघि तिनीहरूले आफू सुरक्षित रहने विषयमा आफ्नो परिवारलार्ई विश्वास दिलाउन निकै कसरत गर्नुपरेको थियो।
होर्मका पिता मोटरबाइकपछाडि बस्ने पर्यटकले छोरीलाई छुन सक्ने पिरबाट चिन्तित थिए।

नभन्दै समाधानस्वरूप यी उद्यमी युवतीहरूले पछाडि बस्ने पर्यटकले सिट पछाडिको ≈यान्डल बार समाउनुपर्ने नियमै बसाले। शहरबाहिर राति काम गर्नुपर्दा भने तिनीहरू समूहमा मिलेर जान्छन्। चार फिट ९ इन्च उचाइ र ४० केजी मात्र वजन भएकी रेनोउको वजनभन्दा भेस्पाको वजन दोब्बर छ। ग्राहकहरूले उनले वजन थाम्न सक्दैनन् कि शंका गर्दा उनलाई दिक्क लाग्ने गरेको छ। यसअघि वर्षौंसम्म उनले आफ्ना पिताको किराना पसलबाट भेस्पामा राखेर सामान पु¥याउ“दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्