सवारी दुर्घटनामा १४ को मृत्यु



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानको दक्षिणी पश्चिमी क्षेत्रको बलोचिस्तान प्रान्तमा भएको तीनवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा १४ जना व्यक्तिको मृत्यु भएको छ।

शनिबार स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार २४ घण्टाको अवधिमा भएका ती घटनामा परी अन्य १९ जना घाइते भएका छन्। मस्तुङमा कार र बस ठक्कर खा“दा भएको दुर्घटना पा“च जनाको मृत्यु भएको गेओ समाचार समितिले जनाएको छ।
प्रारम्भिक अनुसन्धानपछि अत्याधिक गतिका कारण सो दुर्घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ।

मृत्यु भएका पा“चै जना कारमा सवार यात्रु रहेका छन्। तिनीहरूको शव कारभित्रै पाइएको बताइएको छ। अर्को सवारी दुर्घटनामा चार जनाको मृत्यु र दुइजना घाइते भएका छन्। क्विला अब्दुल्लाह जिल्लामा पनि तीव्रगतिमा रहेको एउटा कार अर्को ट्रकस“ग ठक्कर खाएको थियो। प्रहरीका अनुसार कारमा छ जना यात्रु रहेका थिए।

त्यसै गरी तेस्रो दुर्घटना कालात जिल्लामा भएको छ। सो दुर्घटनामा पा“च जनाको मृत्यु भएको छ भने अन्य दशजना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ। एउटा यात्रुवाहाक भ्यान र ट्रक आपसमा ठोकिएको प्रहरीले जनाएको छ।

थोत्रा सवारी साधन र सडक तथा ट्राफिक नियमको लापरवाहीका कारण पाकिस्तानमा ठूलो संख्यामा सवारी साधन दुर्घटना हुने गरेको छ। दुर्घटनामा परी पाकिस्तानमा वर्षेनी हजारौंको अकालमा मृत्यु हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्