अधिक वजनकी महिलाको निःशुल्क उपचार



मुम्बई, (एजेन्सी)
‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ को रूपमा चिनिने इजिप्टकी ३६ वर्षीया एमान अहमद अब्देल अतीकोे वजन घटाउन भारतीय शहर मुम्बईमा शल्यक्रिया हुने भएको छ। उनको हाल ५ सय किलोग्राम वजन रहेको छ।

इजिप्टका विदेशमन्त्रीको पहलमा प्रवेशाज्ञा प्रदान गरिएपछि उनको शनिबार मुम्बई आइपुगेकी छिन्। अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधार गरी इजिप्टबाट मुम्बईका लागि पठाइएको हो। उनको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ। उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकिस्तकहरूको टोलीले विगत १० दिनदेखि प्रयास गर्दै आएका हुन्।

अतीकी बहिनीले आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबारमा पहल गरेपछि भारतको उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारका लागि सहयोग गर्ने जनाएको थियो।

तर उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ। यसको साथै इजिप्टबाट भारत उपचारका लागि ल्याउन उनको प्रवेशाज्ञा पनि मिलेको थिएन।

सानो छ“दा उनको स्वास्थ्य परीक्षणबाट उनलाई हात्तीपाइले रोगको संक्रमण भएको पाइएको थियो। भारतीय चिकित्सक लाकदावालाले उनको स्वास्थ समस्याबारे समाचार पढेपछि आफूले उनको निःशुल्क उपचार गर्ने इच्छा प्रकट गरेका थिए।
शुरूमा उनको खुट्टाको आकार असाधारण रूपमा ठूलो देखिएको तर समय बित्दै जा“दा विस्तारै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उनकी बहिनीले बताएकी छिन्।

यसरी बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइएको छ। यसपछि ओछ्यान परेकी उनी मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित भएकी थिइन्। अधिक वजनकै कारण उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्