एलबम होइन, गीत चल्छ ः रजिना रिमाल



आधुनिक र फिल्मी गायनमा जमेको स्वर हो रजिना रिमाल। २ वर्षअघि दोस्रो एल्बम रजिनामा समावेश पानीको फोकाजस्तै गीतले चर्चा पाएसँगै उनको सांगीतिक करीअरले गति लिएको हो।

८ वर्षको उमेरदेखी नै संगीत सिक्न थालेकी उनले ११ वर्षको उमेरदेखी गीत रेकर्ड गर्न थालेकी थिइन्। १६ वर्षको उमेरमा पहिलो एल्बम ल्याएकी उनी हाल तेस्रो एल्बमको तयारीमा छीन्। काठमाडौ कालिकास्थानकी स्थायी बासिन्दा उनी विवाहपछि भने आफ्नो परीवारसँग चावहिलमा बस्दै आएकी छिन्। उनको पानीको फोका जस्तै, नाई नभन्नु ल, पागल म बन्न सक्छु, सयौ जुनि पाउन सकिन्छ सकिन्नजस्ता गीतहरू चर्चित छन्। गीत संगीतबारे नेपाल समाचारपत्र संवाददाता रश्मी थापाले उनीसँगै गरेको कुराकानी यहाँ प्रस्तुत छः

गायन यात्रा कस्तो चलिरहेको छ?

ठिकै छ, अहिले रेकर्डिङहरू पनि चलिरकेको छ भने प्रोगामहरू पनि गरीरहेको छु। त्यसैले राम्रो चलिरहेको छ। अहिले पनि गीत रेकर्डिङ र प्रोगामहरूमै व्यस्त छु।

तपाईंलाई मन पर्ने आप्mनै गीतचाहिँ कुन हो?

त्यसो त आफ्ना सबै गीतहरू मन पर्छन्। तर पनि पानीको फोका एल्बममा रहेको छाती चर्किन थाल्छ बोलको गीत हो। मैले अहिलेसम्म गाएको गीतहरूमा क्वालीटिको र शब्दको हिसाबले पनि राम्रो लागेको यहि गीत हो।

तपाईंलाई बढी फर्माइस आउने गीत कुन हो?

मलाई बढी फर्माइस आउने गीत एउटा मात्र छैन। जस्तै पानीको थोपा, नाई नभन्नु लका सबै गीतहरू, पागल म बन्न सक्छुजस्ता गीत बढी फर्माईस आउँछन्। दर्शक स्रोताको फर्माइसमा गीत गाउनुको मजा बेग्लै छ।

अहिले गीत संगीतको बजार नै छैन भनिन्छ, तपाईंलाई चाहि कस्तो लाग्छ?

नेपाली संगीतको बजार नै छैन भन्न मिल्दैन। हो पहिलेको जस्तो बजार चाहिँ छैन। बिचमा यो क्षेत्र नै संकटमा परेको जस्तो भईसकेको थियो। तर अहिले फेरि विस्तारै सुधार हुँदै गएको छ।

एलबम चल्छ कि गीत?

हिजोआज पहिलेको जस्तो एल्बममा धेरै गीतहरू राखेर एल्बम ल्याउने चलन कम भएको छ। एउटा एल्बममा एउटा गीत राख्ने गरीन्छ। सिंगल ट्रयाकका एलबमको वर्चश्व हुन थालेको छ। अहिले पहिलेजस्तो धेरै गीत राखेर पनि सबै गीत चल्दैनन्। त्यसैले पनि सिंगल ट्रयाक एलबमको चल्ती बढेको छ। एउटै एलबममा धेरै गीत राखेर सबै गीत चले भने त्यो त एकदमै सफल मानिन्छ। एल्बमा समावेश एक दुई गीत मात्र चल्ने हँ‘दा गीत नै चल्छ भनौं।

हिजोआज कस्तो प्रकारको गीतको क्रेज पाउनुभएको छ?

कुन बेला कस्तो गीतको क्रेज बढ्छ, भन्नै सकिदैन। अहिले भने मिक्स गीतहरू नै चलेको जस्तो लाग्छ। कुन गीत कुन बेला चल्छ भन्ने कुरा मानिसको मुड अनुसार पनि हुन्छ। कस्तो गीत सुन्ने भन्ने कुरा सुन्न्ो मानिसले गर्ने डिसाइडमा भर पर्छ। जस्तै सुर्के थौली, पारी त्यो डाँडामाजस्ता सुन्दै आएका भन्दा फरक शैलीका गीतहरू पनि चलेको छन्। भनेपछि यहि गीत नै चलेको छ भन्न सकिने अवस्था नै छैन।

तपाईंलाई इष्र्या लाग्ने गायिका?

मलाई इश्र्या लाग्ने भन्दा पनि मन पर्ने गायीका सुक्मित गुरुङ दीदी हो। उहाँको टोन मलाई निकै मन पर्छ जुन सुकै गीतमा सुनिने उहाको टोन विषेश लाग्छ। त्यस्मा पनि सदाबहार रूपमा पलपल तिम्रै सम्झनामा भन्ने गीत सा¥है मन पर्छ।

तपाईं स्वयंलाई आफु कुन श्रेणीको गायिका हुँ भन्ने लाग्छ?

हा…हा…हा… त्यो त कसरी भन्ने र? म आफैले आपैmँलाई कुन श्रेणीको गायिका भनेर भन्नै मिल्दैन। त्यो त दर्शकहरूले भन्ने कुरा हा।े कस्तो श्रेणाीमा राख्ने भन्ने जिम्मा त दर्शकहरूकै हातमा हुन्छ नि।

यदि देशभित्र र बाहिर सांगितीक कार्यक्रम नहुने हो भने नेपाली संगीतको अवस्था कस्तो होला?

विदेशमा मात्र होइन नेपनलमा पनि धेरै सांगीतिक कार्यक्रमहरू भइरहेका हुन्छन्। तर पनि विदेशमा हुने कार्यक्रम भनेपछि छुट्टै क्रेज हुन्छ। अमाउन्टको हिसाबले पनि राम्रै कमाई हुन्छ। विदेशमा हुने प्रोगामहरूले कलाकारहरूलाई धेरै मद्यत गरेको हुन्छ। तर टोटल विदेशकै प्रोगामले मात्र कलाकार चलेको पनि हुँदैन। तर पनि विदेशमा प्रोगाम भएन भने केही हिसाबमा प्रभाव पार्छ।

गीत रेकर्डिङ र एलबमबाट कमाई हुन्छ कि स्टेजका कार्यक्रमहरूबाट?

उस्तै उस्तै हो। खासै त्यति धेरै फरक हुँदैन। तीनै गीत र एलबमले कलाकारलाई स्टेजसम्म पु¥याउने हो।

तपाईंको मासिक कमाई कति छ?

मासिक कमाईको कुनै ठेगान नै हुदैन। एक वर्ष अघितिर मासिक ५÷६ लाख पनि कमाएको छु। कहिले मासिक एक लाख हुन्छ। तर ठेगान हुँदैन।

मासिक खर्चचाहिँ कति हुन्छ?

त्यस्तो कुनै हिसाब नै गर्दिन।

के केमा खर्च गर्नुहुन्छ?

लुगा ब्याग र कस्मेटिक प्रोडक्टहरूमा नै बढी खर्च गर्छु।

रियाज कत्तिको गर्नुहुन्छ?

पहिले जत्ति रियाज गर्दिन तर दैनिक एक घण्टा रियाज गरिरहेकी हुन्छु।

सफल गायकगायिकाले स्वर बचाउन र तिखार्न के के कुरामा ध्यान दिनुपर्छ?

मानिसको स्वरमा पनि भर पर्छ कस्तो केयर गर्ने भन्ने कुरा त। कसैलाई जाडो महिना फाप्छ पनि कुसैलाई फाप्दैन। तर मेन भनेको रियाज नै हो। रियाजले नै गायक गायिकालाई अगाडि बढाउँछ, उसको करियरलाई अगाडि बढाउन
मद्यत गर्दछ।

प्रतिक्रिया दिनुहोस्