विक्यानको आठौं साधारणसभा सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (विक्यान) को आठौं साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा साधारणसभा, दोस्रो सत्रमा लघु तथा साना जलविद्युत् क्षेत्रका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो।

कार्यक्रमा विक्यानका महासचिव खिमानन्द कँडेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. नारायण अधिकारी, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सतिश गौतम र ग्रामीण प्रविधि केन्द्रको तर्फबाट डा. इन्दिरा शाक्य र डा. पुरुषोत्तम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै कार्यक्रमको तेस्रो सत्रअन्तर्गत विक्यान लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१६ द्वारा वैकल्पिक ऊर्जा क्षेत्रमा २० वर्षभन्दा बढी निरन्तर रचनात्मक भूमिका निर्वाह गर्नुभएका ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सतिश गौतमलाई सम्मान गरिएको थियो। विक्यानको तर्फबाट जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी, जनसंख्या तथा वातावरण सचिव डा. विश्वनाथ ओली, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण प्रविधि केन्द्र, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. नारायण अधिकारी, ग्रामीण प्रविधि केन्द्रको तर्फबाट डा. इन्दिरा शाक्य र डा. पुरुषोत्तम श्रेष्ठ, बरिष्ठ ऊर्जाविद ठाकुर देवकोटा, नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल वायोग्यास प्रवद्र्धन संघ, एईपिसी वोर्ड सदस्य बाबुराजा श्रेष्ठ, विक्यानका निवर्तमान अध्यक्ष धनबहादुर गुरुङ, पत्रकार ओम भण्डारीलाई सम्मान गरिएको थियो।

विक्यानका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटा, विक्यानका निवर्तमान अध्यक्ष धन बहादुर गुरुङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल, जनसंख्या तथा वातावरण सचिव डा. विश्वनाथ ओलीले धारणा राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्