बालपुस्तक ‘यःमरी’को लोकार्पण



काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली संस्कृति, संस्कार, चाडपर्वको जगेर्ना गर्ने र नयाँ पुस्तालार्इृ जानकारी दिने लक्ष्यले यःमरी नामक बालपुस्तक तयार गरी प्रकाशन गर्नुभएको छ । सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आलै आयोजना गरेको एक दिवसीय यःमरी फेस्टिवल कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले मौलिक चाडपर्वभित्र समुदायको चिनारी हुने भएकाले त्यसको परिचय दिने पुस्तक तयार गरी प्रकाशन गर्नु उचित कार्य भएको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि अमेरिकन राजदूतावासका ज्वय इभान, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, महेशकुमार कर्माचार्य, ओमकृष्ण श्रेष्ठ, द्वारिका श्रेष्ठ, उमा बस्नेतलगायतले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा कवि गोष्ठीको पनि आयोजना गरिएको थियो । साहित्यकार सूर्यप्रसाद लाकोजूले चक शीर्षकको अंग्रजी कविता पाठ गरेर कवि गोष्ठीको प्रारम्भ गर्नुभएको थियो । सो गोष्ठीमा काभ्रेका कविहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्