लमजुङ राप्रपाको जिल्ला नेतृत्व परिवर्तन



नेपाल समाचारपत्र, लमजुङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला नेतृत्व परिवर्तन भएको छ । सदरमुकाम बेसीशहरमा पार्टी एकीकरणपछिको पहिलो अधिवेशनले मल्ललाई जिल्ला अध्यक्षमा निर्विरोध चयन गरेपछि नेतृत्व परिवर्तन भएको हो । रागिनस नगारपालिका, धमिलिकुवा निवासी मल्ल यसअघि सो पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो ।

अधिवेशनबाट १८ सदस्य निर्वाचित गरेको छ । अध्यक्षले थप ११ जना सदस्य मनोनित गरि पदाधिकारी चयन गर्ने नवनिर्वाचित अध्यक्ष मल्लले बताउनु भएको छ । उहाँका अनुसार अधिवेशनबाट निर्वाचन क्षेत्र नं. १ मा देवीप्रसाद गुरुङ, र क्षेत्र नम्बर २ मा पदम खनिया अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

यस्तै नगरपालिकाका अध्यक्षहरूमा बेसीशहर नगरपालिकामा मोहनबहादुर गुरुङ , सुन्दरबजारमा विलबहादुर जिसी, रागिनास नगरपालिकामा राजेन्द्र लौडारी, मध्यनेपालमा माधव ओझा र करापुटार नगरपालिकामा चर्तुभुज घिमिरे चयन हुनुभएको छ ।

उक्त अवसरमा जिल्लास्तरका महाधिवेशन प्रतिनिधिहरू ९ जना, निर्वाचन क्षेत्रस्तरबाट १३/१३ जना र नगरपालिकाबाट १/१ जनाका दरले चयन गरिएको सो दलका केन्द्रीय सदस्य गोविन्द खनियाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्