फर्मा एक्स्पो हुने



काठमाडौं, (नेस)
नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २० गतेदेखि २२ गतेसम्म नेपाल फर्मा एक्स्पो हुने भएको छ। छैठौं संस्करण यो एक्स्पो भृकुटीमण्डपमा आयोजना हुने संघले जनाएको छ।

संघले सन् २००५ देखि निरन्तर रूपमा प्रत्येक दुई⁄दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको औषधि मेलाको आयोजना गर्दै आएको छ। नेपाल फर्मा एक्स्पो–२०१७ को आयोजक नेपाल औषधि उत्पादक संघ, तथा सहआयोजक संस्थाहरूमा औषधि व्यवस्था विभाग, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ ,नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एसोसिएसन, ग्रयाजुएट फर्मासिस्ट एसोसिएसन तथा नेपाल केमिकल एन्ड मेडिकल सप्लार्यस एसोसिएसन रहेका छन्। अन्तर्राष्ट्रियस्तरको यस प्रदर्शनीमा नेपालको औषधि उद्योगको विकास र प्रवद्र्धनको लागि योगदान पुर्याउने स्व. एसएन रावको स्मृतिमा एसियन एसएन राव पुरस्कारलाई यस छैठौं संस्करणमा पनि निरन्तरता दिई उत्कृष्ट एक फर्माशिष्टलाई प्रदान गरिने छ।

निःशुल्क प्रवेश गर्न सकिने मेलामा करिब ३० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शनीमा नेपाल र भारतका गरी करिब सय वटा विभिन्न औषधि उत्पादनसंग सम्बन्धित उद्योगहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छपाई गृह र स्वास्थ्य तथा औषधिसंँग सम्बन्धित पत्रपत्रिकाको पनि सक्रिय सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्