सिन्धुलीमा कला यात्रा



जागरण कवि धरणीधर कोइरालाको १२५औं जन्मजयन्तीका अवसरमा कविकै जन्मगाउँ कुशेश्वर दुम्जामा चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र कविता वाचन गरिएको छ। धरणीधर स्मृति पुस्तकालय र देवीस्थान माध्यमिक विद्यालयद्वारा संयुक्तरूपमा आयोजित एकहप्ते दुम्जा कलायात्रा २०७३ का क्रममा तयार पारिएका चित्रकला तथा मूर्तिकला प्रदर्शनी गरिएको हो।

कलाकार सुरेम देशार, सुरेन्द्र अधिकारी, राजेन्द्र देशार, अनील महर्जन र जयराम महर्जनले दुम्जाको प्राकृतिक सौन्दर्य र जनजीवन झल्कने चित्र तयार पारेका थिए। कार्यक्रममा देवीस्थान माध्यमिक विद्यालयका बालबालिका रोशनी घिसिङ, अस्मिता लामा, मनिषा श्रेष्ठ, यादव रायमाझी, विकास लामा, रमेश श्रेष्ठ, निशा भण्डारी, प्रीति दोङलगायत लोकनृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न कविले कविता वाचन पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्