व्यक्तिको लगानीमा सडक



हेटौंडा, (नेस)
मकवानपुरको विकट राक्सिराङ गाविसका चेपाङ बस्तीमा मोटर पु¥याउन समाजसेवी सुन्दर थापाले व्यक्तिगत लगानी गर्ने भएका छन्। काठमाडौं निवासी समाजसेवी सुन्दर थापाले व्यक्तिगत लगानीमा बाटो निर्माण शुरू गरेका हुन्। उनले आफ्नो तर्फबाट ५ लाख रुपियाँ लगानी गरी बाटो निर्माण अघि बढाएका हुन्।

राक्सिराङ गाविस–८ स्थित जिर्खीडाँडा, इञ्चराङ हुँदै ताम्सालिङमार्ग जोड्ने र सानोलापुर हुँदै गाविस कार्यालयसम्म जोड्ने गरी बाटो निर्माण थालिएको हो। बाटो निर्माणपछि ३ सय घरपरिवार पहिलो चरणमा लाभान्वित हुने जनाइएको छ। बाटो निर्माणका लागि चन्द्रसिंह प्रजाको संयोजकत्वमा उपभोक्ता समिति निर्माण गरिएको छ।

बाटो निर्माण कार्यको सुरुआत मंगलबार गरियो। पूर्वसभासद् एवम् नेपाल चेपाङ संघ पूर्वकेन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सदस्य विष्णुराम चेपाङ, समाजसेवी नौरमान चेपाङ र रामकृष्ण चेपाङलगायतको उपस्थितिमा बाटो निर्माण थालिएको हो।

प्रतिक्रिया दिनुहोस्