राउटे समुदायद्वारा ९ वर्षपछि वैद्यनाथ धाममा पूजा



अछाम, (नेस)
नेपालका चार धाममध्ये अछामको वैद्यनाथ धाम साँफेबगरमा बिहीबार राउटे जातिले पूजाआजा गरेका छन्। अरू जातिका जस्तै उनीहरूले वैद्यनाथ धाममा विधिवत् रूपमा पूजाआजा गरेका छन्। ९ वर्षको एकचोटि मात्रै पूजाआजा गर्ने राउटे समुदायले यसअघि मन्दिरमा पूजा गरेको आज ९ वर्ष पूरा भएपछि सोही अवसरमा हिजो बिहीबार मन्दिरमा पूजा गरेका हुन्।

जिल्लाको तुर्माखाद गाविसस्थित कोल्लिमोरादेखि २ दिनको बाटो हिँडेर आफूहरू पूजा गर्न वैद्यनाथ धाममा आएका राउटे मुखिया सूर्यचन्द्र शाहीले बताउनुभयो। समाजमा बस्न नमान्ने र अझै पनि जंगलमै बसोबास गर्दै आएका लोपोन्मुख राउटे समुदाको पनि आफ्नै परम्परा हुने गरेको छ।

अझै पनि फिरन्ते जीवन बिताइरहेका उनीहरू यसरी आएर पूजा गर्दा धेरै अच्चमित भएका छन्। नाइके सूर्यचन्द्र शाहीको नेतृत्वमा आएर धुमधामका साथ पूजा गरेको वैद्यनाथ क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णनाथ योगीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्