युवाहरू राजनीतिक दलका भर्याङ कहिलेसम्म ?



देवराज गरुङ
नेपालको इतिहासमा युवाहरूको बहादुरी शृङ्खलाको अध्ययन गर्ने हो भने, समाज परिवर्तनस“गै राजनीतिक परिवर्तनका लागि आफ्नो नाम अग्रस्थानमा राखेको स्पष्ट हुन्छ । २००७ सालको राणाविरोधी आन्दोलनदेखि ०६२–६३ को जनआन्दोलनसम्मको अवस्था हेर्ने हो भने नेपाली युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । तर विडम्बना भनौ“, नेपाली युवाहरू राजनीतिक दल र नेताहरूको मात्रै भ¥याङ बन्न पुगे । न युवाले रोजगार पाए, न अवसर ?

एकपछि अर्को गर्दै परिवर्तनका नाममा ०५२ सालमा फेरि नेपाली युवाहरू जुर्मुराए । २०५२ सालले के सिकायो भने, कायरको मृत्यु कुखुराको प्वा“खभन्दा हलुका हुन्छ, तर बहादुर क्रान्तिकारीहरूको मृत्यु एण्डिज पर्वतजस्तो गह्रुङ्गो हुन्छ । कायर सयपटक मर्छ, बहादुर क्रान्तिकारी एकपटक मात्र मर्छ । कायर बा“चेर पनि मरेतुल्य हुन्छ तर क्रान्तिकारी मरेर पनि बा“चिरहन्छ । यस्ता महान् कम्युनिस्ट स्कुलिङबाट अभिप्रेरित हु“दै हजारौ“ नेपाली युवा एउटा आन्दोलनको मोर्चामा होमिए र त्यसैको फलस्वरुप नेपालमा गणतन्त्रको उदय भयो ।

गणतन्त्रको स्थापनापश्चात् नेपाली युवाहरूले ठूलो आशा गरेका थिए । तर गणतन्त्र स्थापना भएको आज एक दशक बितिसक्दा पनि उनीहरूले ठोसरुपमा केही पाएका छैनन् । उल्टै बेरोजगार समस्या हिजोभन्दा आज जटिल बन्दै गइरहेको छ । गणतन्त्र मात्र एकाध व्यक्ति, राजनीतिक दल र तिनका नेताहरूमा मात्रै सीमित भइरहेको छ । गणतन्त्र भनेको संसारको उत्तम व्यवस्था हो । यहा“ त गणतन्त्रको आभास नेताहरूको शब्दमा मात्र सीमित भइरहेको छ । गणतान्त्रिक मुलुकका युवाहरू आज किन कतारजस्तो राजतन्त्र भएको मुलुकमा रोजगारीका लागि जान बाध्य भएका छन् ? आखिर जुनसुकै शासन व्यवस्थाले पनि केही प्रभाव नपार्दाे रहेछ ।

इतिहासका विभिन्न कालखण्डलाई हेर्ने हो भने, देशको ठूला भन्ने पार्टीहरूलाई यहा“सम्म ल्याउन युवाहरूको महत्वपूर्ण योगदान रहेको छ । नेपाली कांग्रेसलाई इतिहासमै सबैभन्दा लामो समयसम्म सत्ताको स्वाद खान पाउने कसले बनायो ? एमालेलाई एमाले भन्ने कसले बनायो ? माओवादीलाई इतिहासमै सबैभन्दा ठूलो सत्ताधारी दल कसले बनायो ? मधेसवादी दलहरूलाई सत्ताको हालिमुहाली गर्न सक्ने कसले बनायो ? सत्ताको बागडोर सम्हाल्न सक्ने बनाउने युवाहरूलाई राजनीतिक दल र तिनका नेताहरूले अब स्वदेशमै रोजगारी सिर्जना गर्ने कि नगर्ने ? उनीहरूको भविष्यबारे सोच्ने कि नसोच्ने ? दैनिक हजारौ“को सङ्ख्यामा फूलको माला लगाएर विदेशिने युवाहरूलाई रोक्नका लागि सरकारले पहल गर्ने कि नगर्ने ? आज युवाहरूलाई विदेशीको दास बनाएर नेपालमा बच्चाबच्ची र वृद्धवृद्धाहरूमाथि चर्काे शासन चलाउन मज्जा मान्नेहरूमाथि नेपाली युवाहरूले खबरदारी गर्नुपर्ने समय आएन र ?

आज देशमा १ करोड १२ लाख युवा बेरोजगार छन् । ती युवालाई रोजगार सिर्जना गर्नका लागि सरकारले आजको भोलि नै उद्योगधन्दा विस्तार गर्नुपर्छ भन्ने होइन, मात्र भएको स्रोत–साधनलाई सही ढङ्गले सदुपयोग गर्नुपर्छ भन्ने हो । यदि जलस्रोतलाई मात्रै सही सदुपयोग गर्ने हो भने, यहा“ १ करोड ५० लाख युवाले रोजगार पाउ“छन् । तर दलहरू युवाहरूलाई रोजगार दिन चाह“दैनन् । यदि युवाहरू रोजगार भए भने भोलिदेखि नेताको भाषण सुन्न, थपडी बजाउन र आन्दोलनमा ढुङ्गा हान्न को जाने ? त्यसैले आजसम्म यो मुलुकमा युवाहरूलाई राजनीतिक दलले भ¥याङ मात्र बनाइरहेका छन् ।

अर्काेतर्फ योे देशका विज्ञ, बुद्धिजीवीहरू एकपछि अर्काे गर्दै विदेश पलायन भइरहेका छन् । एउटा राजनीतिक दलको सक्रिय कार्यकर्ता वा नेता, जसको हैसियत केन्द्र, जिल्ला वा क्षेत्रसं“ग हुनसक्छ तर उसको शिक्षा भने ५ कक्षा पास पनि हु“दैन । अनि विज्ञहरू भने उसको प्रशिक्षण सुन्न र मातहतमा बस्नुपर्ने बाध्यता छ । विज्ञले हासिल गरेको उपलब्धिको यहा“ कुनै स्थान छैन । त्यसैले उचित स्थान खोज्न विदेशिनुपर्ने बाध्यता छ । के–के न पाइएला भनेर युवावस्थामा राजनीतिक दलका झण्डा बोक्ने र उमेर ढल्किदै गएपछि राजनीति छाडेर खाडीतर्फ लाग्ने प्रचलन पछिल्लो समय व्यापक बनेको छ ।

आज देशमा आईएनजीओको नाममा देशको वार्षिक बजेटभन्दा बढी बजेट भित्रिरहेको छ । खोई त त्यो बजेट कहा“ लगानी भयो ? सरकारले यस्ता बजेट झ्यालबाट होइन, ढोकाबाट भित्र्याउने प्रयास गर्नुपर्छ । सबै युवामा रोजगारीको अवसर सिर्जना भएमा उनीहरूमा नकारात्मक सोच पैदा हु“दैन र सामाजिक विकृतिहरू आफ“ै घट्दै जान्छन् । सबै युवालाई समानरुपमा रोजगारीको सिर्जना गर्ने हो भने प्रहरी फोर्सलाई गोडाफट र सहतर्क गर्दै तालिम दिइराख्नुपर्ने अवस्था छैन ।

प्रहरीलाई तालिम दिएर वा सङ्ख्या बढाएर मात्रै अपराध घट्दैन, त्यति बेला मात्र अपराध घट्छ जति बेला अपराध गर्ने मान्छे नै रोजगारमा व्यस्त हुन्छ । हरेक राजनीतिक दल र तिनका नेताहरूले सोच्नुपर्ने बेला आएको छ । बेरोजगार समस्यालाई समाधान नगरेसम्म यो देशमा आर्थिक समृद्धि र विकास सम्भव छैन । सरकारले अब श्रम सम्झौता गर्ने देश खेज्ने कि, स्वदेशमै युवाहरूलाई कसरी परिचालन गर्ने भनेर योजना बनाउने ? नेताहरूले अब युवाहरूलाई भ¥याङ होइन, ऊर्जाशील र उत्पादनशील बनाउनुपर्छ । नत्र यो देशमा आफूलाई अब्बल दर्जाको प्रजातन्त्रवादी र क्रान्तिकारी भन्नेहरूले गरेको आन्दोलन होइन, एउटा मात्र आन्दोलनले ठाउ“ पाउन सक्छ, त्यो भनेको बेरोजगारका लागि आन्दोलन हो ।

प्रतिक्रिया दिनुहोस्