संकटा सिमरा गोल्ड कपको फाइनलमा



गोकुल घोरसाइने, बारा ।

डिफेन्डीङ च्याम्पियन प्राईम पोलिक्लिनि बिजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले उपाधि भिडन्तको लागि यात्रा तय ग¥यो । खेलको सुरुवातमै बिजय युथले लिएको अग्रता उल्टाउदै संकटाले जित हात पारेको हो ।

संकटाको जितमा अनिल गुरुङ र बिश्व अधिकारीले एक÷एक गोल गरे । बिजय युथका लागि बिमल राना मगरले एक गोल गरे । खेलको सुरु भएको ४५ सेकेण्डमै बिमलको गोलमा बिजय युथले अग्रता बनाएको थियो । संकटाका रक्षापंक्ति सम्हालिन नपाउदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरे । सुरुवातमा विजय युथको दवाव झेलेको संकटाले २७ औं मिनेटमा बराबरी गोल फर्कायो । डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै अनिलले संकटालाई खेलमा फर्काएका थिए ।

खेलको ७० औ मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको कर्नर बल क्रसबारमा लागेर फर्किन पुगेको थियो । त्यसलगत्तै खेलको ७६ औं मिनेटमा बिमल वन भर्सेस वनमा पनि गोल गर्न विफल रहे । गोलका दुई राम्रा अवसर चुकाएको संकटाले खेल सकिन एक मिनेट मात्र बाकी छदा बिजय युथ विरुद्ध निर्णायक गोल गरेको थियो । ८९औं मिनेटमा संकटाका लागि बिश्व अधिकारीले कर्नर प्रहारमा गोल गर्दै विजय युथलाई स्तव्ध तुल्याए ।

कुथु खतरामुक्त

वीरगन्ज युनाईटेड क्लब बिरुद्धको खेलमा चोट लागेर घाईते भएका त्रिभूवन आर्मी क्लबका गोलरक्षक बिकेश कुथु खतरामुक्त रहेका छन् । बल नियन्त्रण गर्ने क्रममा जितेन्द्र कार्कीसंग ठोक्किदा कुथुको टाउकोमा चोट लागेको थियो । अवस्था सामान्य रहेको भएपनि उनले प्रतियोगिताको अन्य खेल गुमाउने आर्मीका प्रशिक्षक नविन न्यौपानेले जानकारी दिए ।

कुथुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ र खेलाडीको जीवन बिमा गरेको एन बि इन्सुरेन्सले उपचारमा लाग्ने खर्च ब्यहोर्ने भएको छ । कुथुको टाउको पाच वटा टाका लगाइएपनि अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । आयोजक नवजनजाग्रिति युवा क्लबले ईन्सुरेन्स कम्पनीसंग सहकार्य गरी यस बर्षबाट ६३ जना खेलाडीको जीवन बिमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्