नेपाली खेलाडी पराजित



भारतकी शरण्या गवारे विरुद्ध प्रतिस्पर्धा गर्दै नेपालकी मायांका राणा ।

काठमाडौं, (नेस)
नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत नेपाली खेलाडीले जित हात पार्न सकेनन् ।
सिंगल्स क्वाटरफाइनल र डबल्स सेमिफाइनल समीकरण बुधबार पुरा हुँदा नेपाली खेलाडीले प्रगति गर्न सफल भएनन् ।

महिला सिंगल्समा नेपालकी मायांका राणा भारतकी शरण्या गवारेसँग पराजित हुँदा अन्तिम आठमा पुग्न वंचित भइन् । त्यस्तै सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्समा भारतका अथर्व शर्माले नेपालका रेन्जन लामालाई सोझो सेटमा हराए । प्रतियोगितामा भारत र चीनका खेलाडीको दबदबा रहेको छ।

प्रतिक्रिया दिनुहोस्