हंगेरीको गाउँमा मुस्लिम र समलिङ्गीलाई प्रतिबन्ध



बुडापेस्ट, (एजेन्सी)
‘यो मुस्लिम संस्कृति विरुद्धको लडाइँ हो’ यो वाक्य हंगेरीको एउटा गाउँले थालेको धर्मयुद्ध अभियानको हिस्सा हो । उक्त गाउँमा मुस्लिम पहिरनको प्रयोगमा मात्र होइन नमाज गर्न पनि प्रतिबन्ध छ । यसबाट उनीहरुले आआफ्नो देशमा फरक फरक संस्कृतिको विरोध गर्ने युरोपका ती इसाईहरुलाई आकर्षित गर्न सक्ने अपेक्षा गरेका छन् ।

‘शुरुमा हामीले पश्चिमी युरोपेली देशका नागरिकलाई स्वागत ग¥यौं । उनीहरु ती हुन् जसले फरक फरक संस्कृति बोकेकासँग बस्न चाहेका थिएनन्।’ –गाउँका अभियन्ता लोस्लो तोरसकइले बताए । उनी दक्षिणी हंगेरीको समतल इलाकाको एउटा गाउँ एसोथलमका मेयर पनि हुन् । यो ठाउँ राजधानी बुडापेस्टबाट दुई घण्टाको दूरीमा पर्छ ।

गाउँको परम्परा सुरक्षित राख्नका लागि यो कदम महत्त्वपूर्ण भएको उनले बताए । ठूलो संख्यामा मुसलमान आएमा इसाई समुदायमा घुलमिल हुन नसक्ने उल्लेख गर्दै आफूहरुले पश्चिम युरोपमा ठूलो संख्यामा मुस्लिम समुदाय देखेको बताए ।

शरणार्थी संकटका कारण युरोपमा प्रवासी विरोधी भावनालाई बल मिलेको र हंगेरी पनि यसबाट अछुत नभएको उनले थपे ।
नयाँ स्थानीय कानुनले मुस्लिम पहिरनमाथि प्रतिबन्ध लगाएको छ र नमाज पढ्न पनि रोक लगाएको छ । सार्वजनिक स्थानमा समलिङ्गी प्रेममाथि पनि प्रतिबन्ध लगाएको छ ।

साथै मस्जिद निर्माणमा पनि रोक लगाउने तयारी भइरहेको छ । यस इलाकामा अहिले दुई जना मुसलमान मात्रै बस्छन् । वकिलहरुले गाउ“को ती नियमले हंगेरी संविधानको उल्लंघन भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्