निर्माता शमशेरको निधन



राहदानी र खोजका निर्माता एवं कलाकार नैनु शमशेर जवराको निधन भएको छ। उनको भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा शनिबार बेलुका ७.२० बजे ६६ वर्षको उमरमा निधन भएको हो।

केही समययताबाट कलेजोसम्बन्धी रोग लिभर सिरोसिसबाट ग्रस्त उनको पछिल्लो समय दिल्लीमा उपचार गरिँदै थियो। दिवंगत निर्माता जवराको पार्थिव शरीर सोमबार बेलुका काठमाडौं ल्याई आर्यघाटमा दाहसंस्कार गरिएको छ। ललितपुर पुलोचक निबासी नैनुका श्रीमती र एक छोरा छन्।

उनी फिल्म निर्माण कम्पनी सिनेमन बल इन्टरप्राइजेजका संस्थापक सञ्चालक हुन्। नैनु शमशेरले खोज र राहदानीसँगै यी दुवै फिल्ममा उनले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्