पूर्वकर्मचारी संघमा पौडेल



नेपाल समाचारपत्र, भक्तपुर ।
पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा बटुकृष्ण पौडेल चयन हुनुभएको छ। भक्तपुरमा संघको तदर्थ समिति गठन गर्न आयोजित भेलाले अध्यक्षमा पौडेललाई चयन गरेको हो। संघको वरीष्ठ उपाध्यक्षमा केशव शर्मा न्यौपाने, उपाध्यक्षमा विश्वमणि पौडेल, महासचिवमा ऋषिराम आचार्य, सचिवमा किरण माकाजु र कोषाध्यक्षमा माधवप्रसाद न्यौपाने चुनिएका छन्।

१७ सदस्यीय कार्यसमितिको सदस्यमा बच्चुराम न्यौपाने, चक्रबहादुर शाही, विश्वमणि शर्मा, दामोदर न्यौपाने, केदार थापा, युवराज भट्टराई, रवीन्द्र जोशी, इन्दिरा भट्टराई, राजाराम थापा, मधुसूदन गौतम र सूर्यमणि पौडेल चुनिनुभएको छ।

यसैगरी भेलाले केशवप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति छनोट गरेको छ। सल्लाहकार समितिको सदस्यमा खुमराज पुँजाली, दीपबहादुर स्वाँर, रत्नराज पाण्डे, राजेश पालिखे, अर्जुन भण्डारी र खेमप्रसाद दाहाल रहेका छन्।
भेलामा ३० जिल्लाका २ सय ५० प्रतिनिधि सहभागी भएको संघका नवनियुक्त महासचिव ऋषिराम आचार्यले बताउनुभयो। बाँकी जिल्लामा संघको शाखा क्रमशः विस्तार गर्दै जाने उहाँले बताउनुभयो।

यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निर्वाचनले मात्रै संविधान कार्यान्वयनलगायत सबै समस्याको समाधानको मार्ग प्रशस्त गर्ने बताउनुभयो। सरकारले निर्णय गरेबमोजिम आगामी जेठ १० गतेभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउँदै उहाँले सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारी गर्न आग्रहसमेत गर्नुभयो।

पूर्वकर्मचारी संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर ढुंगेल, नेपाली कांग्रेसका भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापा, पूर्वअध्यक्ष गणेशमान चक्रधर, महिला संघका अध्यक्ष सरु बानियाँ, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष गणेशबहादुर केसीलगायतले देशको विकासमा पूर्वकर्मचारीको महत्वपूर्ण योगदान रहेको भन्दै राज्यले पूर्वकर्मचारीको अनुभवलाई राष्ट्रको आर्थिक समृद्धि र विकासमा प्रयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्