मास्कोमा विवेक तेस्रो



काठमाडौं, (नेस)
नेपालका विवेक थिङले मास्को ओपन चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।

विवेकले स्वीश लिग प्रणाली अनुसार नवौं चरणसम्म भएको खेलमा साढे सात अंक सहित सो स्थान हात पारेका हुन। उनले नगद ६५ हजार प्राप्त गरे। २१४३ रेटेड विवेकले अन्तिम चरणको खेलमा रसियाका अलेक्जेन्डर याकुबलाई हराएका थिए।

उनले आफ्नो ५८ रेटिङ सुधार गरे। रसिया, युक्रेन, ईटाली, उब्जेकिस्तान लगायत २२ राष्ट्रका ३८० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा बिवेकले सात खेलमा सफलता हात भने एक खेल बराबरी खेलेका थिए।

उनी एक बर्ष अगाडिदेखि मस्को विश्व बिध्यालयमा नेपाल बुद्धिचाल संघले उपलब्ध गराएको छात्रवृत्तिमा अध्यनरत छन्।

प्रतिक्रिया दिनुहोस्