इनोभेटिभ र एचएचसीए फाइनलमा



काठमाडौं, (नेस)
आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले रातो बंगलालाई ३४–२६ ले पराजित ग¥यो । इनोभेटिभको जितमा ममता गुरुङले १३ अंक योगदान गरिन् । सन्जुमाया राईको १५ अंक सहयोगमा एचएचसीएले भ्याली पब्लिकलाई २६–२१ ले हरायो । सिनियर ब्वाइजमा माउन्ट कैलाशले इनोभेटिभलाई ३५–३२ र पुष्पसदनले डिफेन्डिङ च्याम्पियन एचएचसीएलाई ५६–४८ ले हराएर फाइनलमा पुगे। पुष्पसदनका चिरन्जिवी रोकायाले १९ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्