डुटेर्टेले भाषणमै छोरालाई गाली गरे



मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सार्वजनिक स्थानमा भाषण गर्ने क्रममा केही दिन बेपत्ता हुन पुगेका आफ्नै छोरोलाई तथानाम गाली गरेको देखेर फिलिपिनो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आश्चर्य प्रकट गरेका छन्। राष्ट्रपतिका सुरक्षा अधिकारीहरूले गत साता डुटेर्टेका २९ वषर््ीाय सर्फर छोरो सेवास्तियन ‘बास्टे’ हराएको जानकारी दिएका छन्।

मुख छुच्चो नेताको रूपमा कुख्यात डुटेर्टे आफ्नो ‘लभर ब्वाय’ छोराको निजी जीवनबारे प्रसंग कोट्याउ“दै उनको र आफ्नो समस्याग्रस्त सम्बन्धसमेत उल्लेख गरेका थिए। यसरी सार्वजिनकरूपमा पिताले आफ्नोबारे भाषणै ठोकेपछि उनको छोराले फोन गरेर उनलाई आफ्नो हालखबर सुनाएका थिए।

उनले भाषणमा आफ्नो कान्छो छोरा खराब भएको र अब उनलाई आफ्नो घरमा पस्न नदिने बताएका थिए। उनले कान्छोले जस्तो आफ्ना अन्य कुनै सन्तानले दुःख नदिएको पनि बताएका थिए। स्पष्ट धारणा राख्ने र लागूऔषध तथा अपराध विरुद्धको अभियानको कारण डुटेर्टे फिलिपिनो जनतामाझ निकै लोकप्रिय रहेका छन्। उनी अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई अपशब्द बोलेर पनि निकै चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्