लजालु टाइगरको खुला चाहना



बलिउडका एक लजालु अभिनेताले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिले अहिले हरेक मानिसहरुलाई हैरान बनाएको छ। उनले भनेका छन् कि ‘मौका मिले दीपीका पादुकोणलाई लामो चुम्बन दिन चाहन्छु।’

दीपीकालाई चुम्न चाहने अभिव्यक्तिले चर्चामा आएका यी हिरोको हुन् टाइगर सराफ। उनी आफ्नो पिता ज्याकी सराफको साथमा करण जौहरको कफि विथ करणमा देखिएका थिए। सोही शोमा उनले दीपीकालाई चुम्बन गर्न चाहेको बताएका थिए।

कार्यक्रममा जब करणले यदि तपाईं एक दिनका लागि रणवीर सिंह बन्नुभयो भने के गर्नुहुन्छ भन्ने प्रश्न गरे। तर यसको जवाफ उनले जसरी दिए, त्यो जवाफ उनकोे लजालु स्वभावसँग मेल खाने खालको थिएन। टाइगरले भने कि उनी दीपीकालाई एकपटक लामो चुम्बन दिन चाहन्छन्। साथै भने ‘मैले बेफिक्रीमा धेरै नै किसिङ सिन गरेको छु। तर दीपीकालाई चुम्बन गर्नु मेरा लागि स्पेसल हो।’

प्रतिक्रिया दिनुहोस्