चीन र भारतको द्वन्द्वमा केयू



उपकुलपति र रजिष्ट्रारको बोलचाल बन्द

काठमाडौं, (नेस)।
काठमाडौं विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार एउटै सिक्काका दुई पाटा हुन् । विद्यार्थी चुनावको विषयलाई लिएर यो विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द भएको दुईसाता नघिसक्दा पनि उपकुलपति र रजिष्ट्रार संगै बसेर समस्या समाधानको उपाय खोजेका छैनन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द भएसंगै उपकुलपति प्राध्यापक रामकण्ठ माकजू श्रेष्ठ धुलिखेल अस्पतालमा बसेर काम गरिरहेका छन् भने रजिष्ट्रार प्रा. भोला थापा केयूको ग्वार्को स्थित स्कुलअफ मेनेजमेन्टको कार्यालयमा बसेर काम गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको स्ववियू जस्तै केयूको विद्यार्थी कल्याणको निर्वाचनको विषयलाई लिएर अनेरास्ववियूका विद्यार्थिहरुले केयूको केन्द्रय कार्यालय तथा केन्द्रीय परिसरमा रहेको स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ बन्द गरेका छन् । अहिले केयूको विवाद विद्यार्थीको चुनाव देखिएपनि भित्र भित्रै केयूबाट स्कुल अफ मेडिकललाई छुट्टाउने खेल भैरहेको बताइएको छ । स्कुल अफ मेडिकललाई छुट्टै प्रतिष्ठान बनाएर चलाउनुपर्ने भन्दै केहि प्राध्यापकहरुले होमवर्क गरिरहेको स्रोतको दाबी छ ।

प्रतिष्ठान बनाउनको लागि विधेयकको ड्राफ समेत बनेको स्रोतको दाबी छ । प्रतिष्ठानको लागि पहिले शिक्षा मन्त्रालयमा जान्छ भने शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा पेश गर्छ । शिक्षा मन्त्रालयबाट पठाएको विधेयकलाई स्वास्थ्य मन्त्रालयबाट राय आएपछि संसदबाट पारित हुनु फेरी कानुन मन्त्रालय पठाउनु पर्ने हुन्छ । कानुन मन्त्रालयबाट पनि पास भएर आएपछि शिक्षा मन्त्रीले मन्त्रिपरिषद बैठकमा पेश गर्नुपर्छ । मन्त्रिपरिषदले विधेयक पारित गरेर संसदमा पेश गर्नुपर्ने प्राब्धान छ ।

केयूमा उपकुलपतिमा प्रा. माकजू पुन नियुक्ति भए पछि विद्यार्थि आन्दोलनले विश्वविद्यालय बन्द भएसंगै प्रशासनका उच्च कर्मचारी तथा स्कुल अफ साईन्स र स्कुल अफ ल का डिन बाहेक रजिष्ट्रार सहित अन्य सबै डिनहरु ग्वार्को स्थित स्कुल अफ मेनेजमेन्टको कार्यालयमा बसेका छन् । उनिहरु धुलिखेल आएका छैनन् । केयूबाट प्रतिष्ठान बनाएर मेडिकल शिक्षालाई नअलग्याए राम्रा प्राध्यापकहरु सबैले केयू छोड्ने संकेत दिएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

केयूबाट मेडिकल शिक्षा नअलग्याउनको लागिनै उपकुलपतिको नाम सिफारिस गर्न गठित सर्च कमिटिका सदस्यद्धय संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र विश्वविद्यालयका संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगानाले उपकुलपतिमा पुन माकाजुलाई नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।

केयूले धुलिखेल अस्पताल संग ५० वर्षको सम्झौता गरि शिक्षण अस्पताल सञ्चालन गरिरहेकोले माकाजूलाई पुनः नियुक्ति नगरे उनले उक्त सम्झौता तोड्ने अनुमान गरिएको थियो । समाचार स्रोतका अनुसार धुलिखेल अस्पतालका निर्माता समेत रहेका माकाजूले सम्झौता तोडेमा नयाँ आउने उपकुलपतिले तत्काल केयूको आफ्नै अस्पताल बनाउन नसक्ने उपकुलपतिको लागि नाम सिफारिस गर्न गठित समितिका सदस्यद्धय शर्मा र ढंगानाको भनाई थियो । संस्थापक उपकुलपतिले माकजूलाई पुनः नियुक्ति गर्न दबाब दिनु बाध्यात्मक भएको निकटम्लाई बताउने गरेको पनि स्रोतको दाबी छ ।

अहिले उपकुलपतिमा पुन नियुक्ति भएर आउनु भएका प्रा. माकजूले आफुलाई मन नपराउनेहरुले विद्यार्थिलाई उचालेर विश्वविद्यालय बन्द गराएको आरोप लगाएका छन् भने उपकुलपतिमा माकजूलाई मन नपराउनेहरु विश्वविद्यालयको समस्या समाधान गर्न नसक्ने अयोग्य भनि आरोप लगाईरहेका छन् । जुगाको लडाईले केयू अस्तव्यस्त हुनथाले पछि परिक्षा नियन्त्रक पन्ना थापा सहित केहि प्राध्यापकले हालै संस्थापक उपकुलपति शर्मालाई भेटेर तपाईले माकजूलाई उपकुलपति बनाउन सहयोग गर्नुभयो अब हाम्रो समस्या तपाईले नै समाधान गरिदिनु पर्छ भन्दै गुहार माग्न गएका थिए ।

यसैवीच केयू चीन र भारतको द्धन्द्धको चपेटामा पर्ने देखिएको छ । केयूमा चीन पहिल्यै छिरिसकेको छ भने भारत पनि छिर्ने तरखरमा छ । केयूमा कन्फ्युसिएस इन्ष्टिच्यूट स्थापना भै चारवर्षे चिनिया भाषा अध्ययन शुरु भए संगै भारतले महात्मा गान्धि अध्ययन केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ । कन्फ्युसिएस इन्ष्टिच्यूटमा पहिलो वर्षको अध्ययन सकिए संगै थप दुईवर्ष अध्ययनको लागि चीनले विद्यार्थि लैजादै छ ।

चीनमा दुईवर्ष अध्ययन गरेपछि एकवर्ष यहि अध्ययन हुन्छ । यसलाई चीनले आफ्नो गतिविधि बढाएको भन्दै भारतिय राजदुतावसले केयूमा यो इन्ष्टिच्युट बन्द गराएर महात्मा गान्धि अध्ययन केन्द्र खोल्ने तयारी गरेको हो । केहि दिन अघि मात्र भारतिय दुतावास संग समिप्यता राख्ने भनिएका काग्रेस नेता अमरेश कुमार सिंह धुलिखेल अस्पताल आई उपकुलपति माकजू संग गोप्य भेटवार्ता गर्नुलाई धेरैले शंकाको दृष्टिले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्