पाल्पामा जीप दुर्घटनाः ४ जनाको मृत्यु १५ घाईते



कविराज नेपाल, पाल्पा ।
पाल्पा दोभान ४ श्रीडाडा ज्यामिरेमा गएराती (सोमवार) जिप दुर्घटना हुँदा ४ जना मृत्यु भएको छ भने १५ जना घाईते भएका छन । दोभान गाउँ विकास समितीको देउरालीको विवाह घरमा जन्ती गएर फर्किने क्रममा कच्ची बाटोमा लु १ ज २६८९ नम्वरको सो जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दोभान २ देउरालीका ४९ बर्षिय हरि प्रसाद राना, ३० बर्षिय मिन प्रसाद थापा, ४१ बर्षिय जसविर वाकावल र २६ बर्षिय यम बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईतेको लुम्विनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । गंभिर घाईते हुनेहरुमा दोभान २ चालक २७ बर्षिय विमल दर्लामी, २७ बर्षिय भिम बहादुर दर्लामी, ३२ बर्षिय दान बहादुर सारु, १७ बर्षिय युवराज दर्लामी लगायत ८ जना गंभिर अवस्थामा रहेको अस्पताल श्रोतले जनाएको छ ।

ओरालो बाटोमा जिप सडक बाट करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप व्रेक फेल भई दुर्घटना भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्