महाविर पुनलाई ज्ञानकुञ्जको ५० हजार



नेपाल समाचारपत्र
काभ्रे
एसियाको नोबेल पुरस्कारको रूपमा हेरिने म्यागासासे पुरस्कारबाट सम्मानित सामाजिक अभियान्ता महावीर पुनलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५० हजार सहयोग गरेको छ।

शनिबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको सभाहलमा एक समारोहका बीच पुनलाई रकम हस्तान्तरण गरिएको हो। पुनले नेपालमा आविष्कार केन्द्र स्थापना गर्ने प्रयास गरेपछि सो प्रयासमा इँट्टा थप्नका लागि रकम वितरण गरेको प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताएका छन्। उनले ज्ञानकुञ्जले २० हजार र केही संस्थाहरूले ३० हजार जम्मा गरेपछि ज्ञानकुञ्जमै एक कार्यक्रम आयोजना गरेर रकम हस्तान्तरण भएको हो।

ताररहित इन्टरनेट सेवामार्फत ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच पु¥याएपछि उनी विश्वमा नै चर्चित बनेका थिए। उनले सहयोग रकम लिएपछि राष्ट्रिय आविष्कार केन्द्र छिट्टै पूरा हुने बताए। उनले राष्ट्रिय गौरवको विषयमा सरकारको मुख ताक्न आवश्यक नरहेकाले देशकै नागरिकसँग सहयोग बटुल्दै हिँडेको बताए। ज्ञानकुञ्जले सोही अन्तर्गत आविष्कार केन्द्र बन्ने विश्वासमा सहयोग गरेको निर्देशक वैद्यले बताए।

देशमा भएको दक्ष जनशक्ति विदेसिने क्रमलाई निरुत्साहित गर्न सो केन्द्रले सहयोग पु¥याउन उद्देश्य राखिएको छ। केन्द्रले देशमै दक्ष जनशक्ति उत्पादन गर्ने र नेपालमा समेत आविष्कार हुन सक्ने विषयलाई प्राथमिकतामा राख्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्