इनोभेटिभ र एचएचसीए सेमिफाइनलमा



काठमाडौं, (नेस)
आयोजक इनोभेटिभ इङलिस स्कुल र एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभले बेबिलनलाई ४०–३४ ले पराजित ग¥यो। इनोभेटिभको जितमा ईश्वर सापकोटाले १६ अंक योगदान गरे। विशाल राईको १६ अंकको सहयोगमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले युलेन्सलाई ४९–३९ हरायो।

सिनियर ब्वाइजमै पुष्पसदनले ज्ञानोदयलाई ४१–२० ले पाखा लगायो। पुष्पसदनका आशिष महर्जनले १० स्कोर गरे। माउन्ट कैलाशले बाबामाथि ३७–१२ को सहज जित दर्ता ग¥यो। विजेताका बुद्धवीर रोकाले ११ अंक जोडे। सेमिफाइनलमा माउन्ट कैलाशको भेट इनोभेटिभस“ग हुनेछ भने पुष्पसदनले एचएचसीएको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्