लघु जलविद्युत्का अग्रजको निधन



काठमाडौं, (नेस)
करिब आधा शताब्दीदेखि लघु जलविद्युत्को क्षेत्रमा क्रियाशील अक्कलमान नकर्मीको शनिबार ७१ वर्षको उमेरमा निधन भएको छ। लघु जलविद्युत्को प्रविधिमार्फत् नेपाली सीपलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै उहाँकै पहलमा नेपालको पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने जनता समक्ष लघु जलविद्युत् प्रविधिमार्पmत् बिजुलीको पहुँच पुगेको थियो।

नकमीले अनुसन्धान गरी प्रतिपादन गरेको ‘पेल्ट्रिक सेट’ प्रविधि नेपालको भूगोल सुहाउँदो उपकरणका रूपमा नेपालको लघु जलविद्युत्का साथै नेपालजस्तै भौगोलिक अवस्था भएका देशमा लोकप्रिय एवम् उपयोगी रहेको छ। थोरैे पानीको स्र्रोतबाट पेल्टन रनर घुमाएर बिजुली निकाल्ने प्रविधि हो। पानी घट्टलाई विकसित तुल्याएर बिजुलीसमेत उत्पादन गर्नको लागि पनि उहाँले यन्त्र उपकरण विकास गर्नु भएको छ। उहा“ले उत्पादन गरी देशका विभिन्न ठाउ“मा जडान गरिएका पेल्टन र अन्य टर्वाइनहरू उच्चस्तरीय मानिएका छन्।

लघु जलविद्युत्का क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत नकर्मीलाई विश्वस्तरको रोलेक्स पुरस्कार प्रदान गरिएको थियो भने नेपाल लघु जलविद्युत् विकास संस्था र जल तथा ऊर्जा परामर्शदाता संघ नेपालबाट उहा“लाइफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मानित हुनुहुन्थ्यो। विगत केही समयदेखि अस्वस्थ्य रहनुभएका अक्कलमान नकर्मीको असामयिक निधनबाट नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ। स्वर्गीय नकर्मीको धर्मपत्नी, तीन छोरीहरू र दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस्