यामाहा स्कुटर टेस्ट राइड गर्दा आईफोन



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन शुरु गरेको छ। यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना भाग्यशालीले आईफोन ७ जित्ने मौका पाउनेछ।

एमएडब्लुले यो योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडि, सनग्लास, पफ्र्युम र ब्याग उपहार दिने घोषणा गरेको छ।

‘यामाहासँग विभिन्नखाले बाइक र स्कुटरहरू छन्। स्कुटरप्रेमीहरूका लागि हामीसँग फेसिनो, रेजेडआर र रेजी छन्,’ एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दीपक रौनियारले भन्नुभयो–‘यामाहा स्कुटरहरू नेपालमा धेरै रुचाइएका छन्। वास्तवममा यामाहा स्कुटरहरू प्रिमियम स्कुटरमा गनिन्छन्।’ यामाहाले विक्री गर्दै आएको फेसिनो, रे जेडआर र रेजीलाई प्रिमियम स्कुटरको छवि बनाउन सफल छन्।

एक सय १३ सीसी एअर कुल्ड इन्जिनजडित फेसिनो निकै सुन्दर स्कुटर हो जसमा ब्लुकोर टेक्नोलोजी रहेको छ। यसले गर्दा नै यसले ६६ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ। रेट्रो स्टाइल र क्वालिटी बिल्ट–अप र ट्युबलेस टायर यसका विशेषताहरू हुन्।

प्रतिक्रिया दिनुहोस्