डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
डाबर नेपाल प्रालिको उत्पादन डाबर च्यवनप्राशले जाडो मौसमलाई लक्षित गरी प्रस्तुत गरेको काठमाडौं उपत्यकाव्यापी कार्यक्रम डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ को समापन भएको छ। काठमाडौं उपत्यकाका तीन क्षेत्रहरू काठमाडौं पूर्व र भक्तपुर, काठमाडौं पश्चिम र ललितपुर गरी प्रत्येक क्षेत्रबाट २–२ वटा विद्यालय विजेता घोषित भएका छन्।

काठमाडौं पूर्व र भक्तपुरबाट ग्यालेक्सी पब्लिक स्कुल र रिलायन्स इन्टरनेसनल एकेडेमी, काठमाडौं पश्चिमबाट नेपाल एपीएफ स्कुल र होली भिजन स्कुल तथा ललितपुरबाट डीएभी सुशील केडिया विश्व भारती स्कुल र प्रिमियर इन्टरनेसनल स्कुल विजेता घोषित भएका छन्।

विजयी स्कुललाई डाबर नेपाल प्रालि तथा अस्पताल पार्टनर वयोधा अस्पतालका प्रतिनिधिहरूले उपहार प्रदान गर्नुभएको थियो। शरीरको आन्तरिक शक्ति, स्वास्थ्यकबद्र्धक खानेकुरा र विशेष गरी बालबालिकामा जाडो याममा आन्तरिक शक्तिको कमी आउने हुनाले सो विषयमा सूचना तथा ज्ञान दिने हेतुले डाबर च्यवनप्राशले १ महिना लामो कार्यक्रम ३१ वटा विद्यालयहरूमा सञ्चालन गरेको थियो।

बालबालिकाको उचाई र वजन मापन गरी बडी मास इन्डेक्स, विद्यालयको सरसफाइ तथा खानेकुरा, आदिका आधारमा विजेताहरू घोषणा गरिएका हुन्।

त्यसै गरी कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट न्यानोमा प्रयोग गर्न सकिने लुगाहरूको संकलन गरी डाबर च्यवनप्राशले सोही बराबरको नयाँ लुगा थप गरी सिएनएन सुपर हिरो पुष्पा बस्नेतलाई यसअघि नै न्यानो लुगाहरू हस्तान्तरण गरिसकेको छ। सो कपडाहरू देशभरिका कारागारहरूमा रहेका बालबालिकालाई वितरण गरिनेछ।

डाबर नेपाल प्रालिका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले भन्नुभयो–‘डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ कार्यक्रमबाट हामीले १३ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पायौं। भाग लिने ३१ वटा यी स्कुलहरूको उत्साहकै कारण हामीलाई आउँदा दिनमा काठमाडौं उपत्यकाबाहिर पनि यो कार्यक्रम लिएर जाने प्रेरणा प्राप्त भएको छ।’

प्रतिक्रिया दिनुहोस्