शिक्षिकाको विद्यार्थीसँग यौन सम्पर्क



अस्टिन, (एजेन्सी)
दुई विद्यार्थीसँग यौन अपराधको आरोप लगाइएकी २८ वर्षीया शिक्षिका हायली वेई अन्ततः यसै साता सो अभियोगबाट सफाइ पाउन सफल भएकी छन्। वेई टेक्सासको अस्टिनस्थित वेस्टलेक हाई स्कुलमा अध्यापन गर्छिन्। त्यहाँ गणित विषय पढाउँदै आएकी उनको दुई छात्रसँग यौन सम्बन्ध रहेको बुझिएको छ।

ती दुवै छात्रको उमेर १७ वर्ष पुगिसकेकाले टेक्सासको प्रचलित कानुनअनुसार तिनीहरूसँगको यौन सम्बन्धलाई सहमतीपूर्ण मानिने भएकाले उनीलाई यौन अपराधको अभियोग नलागेको बताइएको छ। तीमध्ये एक छात्रले वेई आफ्नो परिवारसँग अफ्रिका घुम्न जाँदा आफूहरूबीच पटक–पटक यौन सम्पर्क भएको बताएका छन्।

तर, हाइकिङमा जाने क्रममा वेईले अर्को केटासँग पनि यौन सम्पर्क राखेको हल्ला सुनेपछि मात्र आफूले गोप्य सम्बन्धको खुलासा गरेको नाम नखुलाइएका ती छात्रले बताएका छन्। सन् २०१५ मा शिक्षक–शिक्षिकाको आफ्ना विद्यार्थीहरूसँगको यौन सम्बन्धलाई लिएर १ सय ८८ वटा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्