अन्ततः ट्युमरमुक्त



मिसिसिपी, (एजेन्सी)
अप्रत्यासितरूपमा वजन बढ्न थालेपछि १५ वर्षअघि अमेरिकाको मिसिसिपीको गल्फपोर्ट निवासी रोजर लोगनले चिकित्सकहरूलाई आफ्नो स्वास्थ्यमा केही गडबड पक्कै भएको आशंका पोखेका थिए। तर, चिकित्सकहरूले उनलाई चिन्ता लिनुनपर्ने सामान्यरूपमा उनी मोटाउ“दै मात्र गएको बताएका थिए।
तर, एक दशकभन्दा लामो समयसम्म उनको शरीरभित्र विस्तारै ट्युमर पलाउँदै थियो। तर, संयोगवश उनको सम्पर्कमा आएका डाक्टर विपुल देवले भने उनको स्वास्थको रहस्य पत्ता लगाएरै छाडे। यसै सातामात्र देवले ५७ वर्षीय लोगनको शल्यक्रिया गरी १ सय ३० पाउन्ड ट्युमर निकाल्न सफल भए।
शरीरभित्र पलाएको रौंको कारण बढेको सो ट्युमर उनको पेटमा टाँसिएको थियो। अधिक वजनकै कारण उनी वर्षौंसम्म मेचमा बस्न बाध्य भएका थिए। डा. देवले बिनाकुनै खतरा शल्यक्रिया सफल भएको बताएका छन्। उनले शल्यक्रियाका लागि क्यालिफोर्नियासम्मको यात्रा तय गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्