हिट्स म्युजिक अवार्डमा म हुरी र संसार मायामालाई ह्याट्रिक



गीतकार थापालाई लाइफटाइम अवार्ड

रश्मी थापा ।
नेपाली सांगीतिक क्षेत्रमा गीत रचनामार्फत् अमूल्य योगदान पु¥याएबापत गीतकार राजेन्द्र थापालाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथ विभिन्न १६ विधामा प्रतिस्पर्धात्मकरूपमा अवार्ड प्रदान गर्दै हिट्स एफएम नेपालले २०आंै हिट्स एफएम अवार्ड सम्पन्न गरेको छ। गीतकार थापालाई गीतकार तथा फिल्मकर्मी यादव खरेल र हिट्स नेपालका अध्यक्ष राजीवराज भण्डारीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका थिए।

यसबाहेक यस वर्ष विभिन्न १६ विधामा संगीतकर्मीहरूलाई शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजित भव्य समारोहका बीच सांगीतिक अवार्ड प्रदान गरिएको छ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएपछि कार्यक्रममा बोल्दै गीतकार थापाले आफूले ८ वर्षको उमेरदेखि नै कविता लेख्न थालेको ११÷१२ वर्षको उमेरदेखि रेडियोमा कविता भन्न थालेको बताए। ‘सानो उमेर हुँदा आफूसँग प्रतिभा भए पनि अनुभव नभएकाले आफूभन्दा अग्रजसँग मिलेर काम गर्थें भने अहिले आफूसँग अनुभव भएकाले आफूभन्दा कम उमेरका भाइबहिनीहरूसँग मिलेर काम गर्छु। त्यसैले म सफल भएको जस्तो लाग्छ’ –उनले भने।

नेपाल टेलिभिजन र हिट्स एफएम तथा सो एफएमको वेबसाइटबाट प्रत्यक्ष प्रसारण गरिएको समारोहमा यस वर्षको सर्वोत्कृष्ट पुरुष पप गायनको अवार्ड फन्टानस्टिक वन्डरफुल बोलको गीतबाट अलमोडा राना उप्रेतीले चुमे भने महिलातर्फको पप गायनको अवार्ड जेट उडाउ“छु बोलको गीतबाट निक्की कार्कीले जितेकी छिन्। त्यस्तै एकल पुरुष गायनको अवार्ड म हुरीमा बोलको गीतबाट राकृष्ण ढकालले जिते भने यसै गीतले सर्वोत्कृष्ट गीतको अवार्ड हात पारेको छ।

महिला एकल गायनको अवार्ड मुटु दुख्यो बोलको गीतबाट रजिना रिमालले चुमेकी छिन् भने समूह गायनको अवार्ड फङ्की दाजु बोलको गीतबाट ह्वाट द फङ्क ब्यान्ड र रक संगीत सिर्जनाको अवार्ड पनि यसै गीतले जितेको छ। युगल गायनको अवार्ड संसार मायामा अड्छ भने बोलको गीतबाट उदित नारायण झा र सुजाता उपाध्याय मानन्धरले जिते भने यसै गीतबाट महाराज थापाले उत्कृष्ट संगीत संयोजन र आनन्द राईले सर्वोत्कृष्ट संगीत सिर्जनाको अवार्ड चुम्न सफल भए। समारोहमा यो एउटै गीतले ३ अवार्ड चुमी ह्याट्रिक ग¥यो।

त्यसै गरी रक गायनतर्फको अवार्ड तिमी नै हौ बोलको गीतबाट सविन राई एन्ड द इलेक्ट्रिक्सले जितेको छ भने फिल्मी गीतको अवार्ड फिल्म प्रेम गीतका लागि म यस्तो गीत गाउँछु बोलको गीतबाट अर्जुन पोखरेलले जिते। लोक गीतको अवार्ड गुराँसै फुले हो बोलको गीतबाट अन्जान बाबुले जितेका छन् भने सर्वोत्कृष्ट गीती संग्रहको अवार्ड एड्रिन प्रधानको अभिवादन एल्बमले पाएको छ। त्यस्तै सर्वोत्कृष्ट रचनाको अवार्ड म हुरीमा बोलको गीतबाट रमेश बीजीले जितेका छन्। योसहित यो गीतले ३ अवार्ड पाई ह्याट्रिक गरेको छ। नवप्रतिभाको अवार्ड त्यो हावा बोलको गीतबाट अप्रिल रस ब्यान्डले जित्न सफल भएको छ।

कार्यक्रममा गायक राजेश पायल राईले दर्शन नमस्ते बोलको गीतबाट दर्शकलाई मनोरञ्जन गराए भने शिव परियारले क्या दामी भो, प्रमोद खरेलले म बाँचेकै, मौसमी गुरुङले पोहोर साल खुसी फाट्यो बोलको गाएर सांगीतिक माहौलको रौनक बढाएका थिए। त्यस्तै श्रेया सोताङ नट टु एन्ड द एसओएस ब्यान्ड, चिन्टु रिमाल र द काठमाडौं क्याट्स एन्ड द डर्टी बुगी ब्रास ब्यान्डले आफ्ना हिट नम्बर प्रस्तुत गरी दर्शक उचालेका थिए। समारोहमा शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान, शीतल मोक्तान र सुवानी मोक्तानको सांगीतिक परिकारले संगीत साधक स्व. अम्बर गुरुङको सम्झना र सम्मानस्वरूप उनीद्वारा संगीत र स्वरबद्ध विभिन्न गीत–संगीत प्रस्तुत गरेका थिए। सारोहमा यस वर्ष नेपाली सांगीतिक क्षेत्रले गुमाएका संगीतकर्मीहरूबारे भिडियो सामग्री प्रस्तुत गरी उनीहरूप्रति श्रद्धासुमन व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्