अभिनेता खनालको निसाफ



विवेक सापकोटाको निर्देशनमा निसाफ नामक फिल्म बन्ने भएको छ। आपराधिक घटनामा प्रेमकथा मिसाएर यो फिल्म निर्माण हुन लागेको हो।

सुपरियल फिल्म्स्को ब्यानरमा बन्ने निसाफ एसजंग रानाले निर्माण गर्न लागेका हुन्। फिल्ममा सरोज खनाल, अनुपविक्रम शाही, धु्रव कोइराला, यादव बैरागी, भरत ढुंगाना र प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट, सगुन थापा, विजयजंग रायमाझीलगायत मुख्य कलाकार रहनेछन्।

फिल्मको लेखनकार्य निर्देशक विवेक आफैंले गरेका छन्। दिव्य सुवेदीको छायांकन, मनोज चौलागाईंको संगीत, श्री श्रेष्ठको द्वन्द्व तथा कविराज गहतराज र बब्बुको नृत्य रहने चलचित्रको वितरण रोहित रत्नले गर्नेछन्।

आगामि फागुन ५ बाट चलचित्र छायांकनमा जाने तयारी इरहेको निर्देशक विवेक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्