प्राइम र एचएचसीएलाई उपाधि



काठमाडौं, (नेस)
प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा प्राइमले जेभियर इन्टरनेसनल कलेजलाई ६१–४० ले पराजित गर्यो। विजयी टिमका लागि प्रहलाद बस्नेतले १५ अंक योगदान गरे। सिनियर ब्वाइजको उपाधि भिडन्तमा एचएचसीएले पुष्पसदनलाई ५०–४३ हराउँदै लगातार तेस्रोपटक च्याम्पियन बन्यो। एचएचसीएका विशाल राईले २५ अंक जोडे।

प्रतियोगिताअन्तर्गत प्लस टुमा प्राइमका प्रहलाद बस्नेत, सिनियर ब्वाइजमा एचएचसीएका विशाल राई, जुनियर ब्वाइजमा नेरिकका सुजन खत्री र सिनियर गल्र्समा रिलायन्सकी रिना भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। माघ १० गतेदेखि शुरू प्रतियोगिताको प्लस टुमा १४, सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा ८–८ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्