रत्नजीत र नङ्सल विजेता



काठमाडौं, (नेस)
रत्नजीत तामाङ र नङसलदेवी तामाङले १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि जितेका छन् ।

पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले आफनै क्लबका नविन श्रेष्ठलाई २१–१७, २१–९ ले पराजित गरि उपाधि हात पारेका हुन् । त्यस्तै महिला एकलतर्फको फाइनलमा रत्नजीतकी दिदी नङसलले आयोजकको एपीएफ क्लबकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले हराएर उपाधि सुरक्षित गरिन् । रत्नजीतले ६० हजार र नङ्सलले ५० हजार नगद प्राप्त गरे
यसैगरी पुरुष युगलतर्फको खेलमा रत्नजित र नविनको जोडीले उपाधि जित्यो । उनीहरुले एपीएफका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले हराएका थिए। पहिलो हुने जोडीले २५ हजार प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्