नेरिक र रिलायन्सलाई उपाधि



काठमाडौं, (नेस)
नेरिक एकेडेमी र रिलायन्स रेसिडेन्सियल स्कुलले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि जितेका छन् । नेरिकले शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा एन्जल लर्डलाई ३८–२७ ले पराजित गर्यो । टोलीको जितमा सुजन खत्रीले २३ अंक योगदान गरे । सिनियर गल्र्सको फाइनलमा रिलायन्सले इनोभेटिभलाई ३२–२८ ले हरायो । टोलीकी रिना भण्डारीले १८ अंक योगदान गरेकी थिइन् । त्यस्तै सिनियर ब्वाइजमा पुष्प सदन र एचएचसीए उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्