समाचार प्रभाबः भुमाफियाको कब्जामा रहेको जमिन मालपोत कार्यालय बाट खारेज



सञ्जय कार्की, गौर । किर्ते कागजको आधारमा भुमाफियाले दर्ता गरेको रौतहटको लक्ष्मिनिया दोस्तिया गाबिस–२ बिजयपुर स्थित जयन्तकृष्ण मैत्रको नामको चार बिगाहा जमिन मालपोत कार्यालयले मङ्गलबार खारेज गरेको छ ।

दरबन्दि भन्दा बढि भएको जयन्तकृष्ण मैत्रको लक्ष्मिनिया दोस्तिया गाबिसमा रहेको र रमौलि बैरिया गाबिसमा रहेको लक्ष्मिनारायण राउत कुर्मीको गरी १७ बिगाहा १ कटठा साढे १७ धुर जमिन भुमिसुधार कार्यालयले नेपाल सरकारको नाममा लालपुर्जा बनाउन पत्र पठाएपछि मालपोत कार्यालय रौतहटले भुमाफियाको नाममा दर्ता भएको जमिन समेत खारेज गरिदिएको छ ।

रौतहटको लक्ष्मिनिया दोस्तिया गाबिस–२ मा रहेको जयन्त कृष्ण मैत्रको नामको चार बिगाहा जमिन फतुवा हर्षाहाका नवलकिसोर यादबले किर्ते नागरिकता प्रमाणपत्र र लालपुर्जाको आधारमा जिल्ला अदालत काठमाण्डौ बाट वारिस बनाएर आफनो दाजु सुरेन्द्र यादबको नाममा पास गराएको रहश्यखुलेपछि भुमिसुधार कार्यालयले नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत कार्यालय लाई पत्र पठाएपछि ती जग्गाको दर्ता खारेज भएको हो ।

लक्ष्मिनिया दोस्तिया गाबिस बाट ०७३ मंसिर ३ गतेको चलानी नम्बर ३२३मा भूमाफियाहरुले घरबाटो प्रमाणि गरेर मालपोत कार्यालय लाई बुझाएको पत्र समेत नक्कली लेटरप्याड र सरकारी छाप किर्ते रहेको पाइएको छ । ०३६ सालमा लालबकैया नदिको बाढि बाट बिस्थापित भएका फतुवा हर्षाहा गाविसका बाढि पीडितलाई तत्कालीन जिल्ला प्रशासन र जिल्ला पञ्चायतले निर्णय गरी लक्ष्मिनीया दोस्तिया गाबिस–२को विजयपुरमा हदबन्दि भन्दा बढि रहेको जयन्तकृष्ण मैत्रको नामको जमिनमा स्थान्तरण गरेर बस्ति बसाएको जमिननै भुमाफियाले आफनो नाममा बनाएको थिए ।

०२८ मंसिर १२ गते भुमि प्रशासन कार्यालय रौतहटले बाराको कलैयामा रहेको भुमि प्रशासन कार्यालय लाई पठाएको ७ नम्बर फाँटबारीमा जयन्तकृष्ण मैत्रको १ सय ७१ बिगाहा ११ कटठा १९ धुर जमिन रहेको उल्लेख थियो तर यो सबै जमिन अहिलेको श्रेस्तामा कम देखिनगएको छ । ०३५ चैत्र ९ गते जिल्ला भुमि प्रशासन कार्यालयमा मैत्रको नाममा २८ बिगाहा जमिन कायम हुने गरी बाकी जमिन हदबन्दि कायम गरेपनि नेपाल सरकारको नाममा लालपुर्जा नबन्दा भुमाफिायले चलखेल गर्न पाएपनि नेपाल समाचारपत्रमा प्राथमिकताका साथ प्रकाशित समाचारको प्रभाबका कारण खारेज हुन गएको हो ।

भुमाफियाको नाममा दर्ता भएको जमिन खारेज भएको सुनेपछि स्थानीय हर्षित भएका छन । जिल्ला प्रशासन कार्यालय पर्सा बाट जारी भएको जयन्तकृष्ण मैत्रको नामको नक्कली नागरिकताको प्रमाणपत्र बनाएर भुमाफियाले जमिन हडप्ने प्रयास गरेका थिए । जयन्तकृष्ण मैत्रको नाममा बनाइएको नक्कली नागरिकता प्रमाणपत्रमा उल्लेख नम्बर १६०३०३३१४ जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याकमा दुर्गा कुमारी ठकुरीको नाममा बनोको पाइएको थियो ।

जयन्तकृष्ण मैत्रको नाममा नक्कली ब्यक्ति खडा गरी सोही नक्कली नागरिकता प्रमाणपत्रको आधारमा जिल्ला अदालत काठमाण्डौ बाट वारिस बनाएर लक्ष्मिनिया दोस्तिया गाबिस–२ (क) बिजयपुरको किता नम्बर १०८ र ३४६ को २ विघा ९ कटठा १३ धुर जग्गा फतुवा हर्षाहा–६का सुरेन्द्र राय यादवको नाममा पास गरिएको थियो । सुरेन्द्र राय यादबको नाममा पास गरिएको २ (क )को कितानम्बर ६२ को हाल कितानम्बर १०८ को १ कटठा ८ धुर यस्तै २को किता नम्बर २१ हालको कितानम्बर ३४६ को १ बिगाहा ८ कटठा ५ धुर जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ ।

सोह गाबिसको २ (क) ६२को कितानम्बर २३४को २ बिगाहा ८ कटठा, १४९को १ बिगाहा १५ कटठा, ४०४को ११ कटठा,४०९को ४ कटठा,५८६को १० कटठा,९४९को १५ कटठा १९ धुर, ३ (क) ६ को २ बिगाहा १८ कटठा जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ । यस्तै रमौली बैरिया गाबिस १,२,३ नम्बर वडाको २४२ कितानम्बरको १५ कटठा, १६०को १ बिगाह १३ कटठा, १५४को १९ कटठा,२४३को १३ कटठा,२४१को १५ कटठा, १००को १ बिगाह १० कटठा जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ ।

भुमिसुधार कार्यालयका प्रमुख गोपाल बरालले हदबन्दि भन्दा बढिको जमिन नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत कार्यालयमा पत्राचार गरिएको बताउनु भयो । उहाँले अन्य जमिनको खोजी भैरहेको बताउनु भयो । मालपोत कार्यालय गौरका प्रमुख सिकेन्दर साहले भुमिसुधार कार्यालय बाट नेपाल सरकारको नाममा दर्ता कायम गर्न आएको पत्र संगै ब्यक्तिको नाममा रहेको जमिन खारेज गरी नेपाल सरकारको नाममा दर्ता गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्