पूर्व राजा भोलि थाइल्याण्ड जाने



फाईल तस्बिर

ईश्वरराज ढकाल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी भोलि बिहीबार थाइल्याण्ड भ्रमणमा जानुहुने भएको छ । साताब्यापी भ्रमणको लागि दुवैजना थाइल्याण्ड जान लाग्नुभएको हो ।

उहाँहरु भन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र आज थाइल्याण्ड गएका छन् । एक महिना लामो विदेश बसाइ पछि नेपाल फर्किएको पुर्व राजाको परिवार पुनः एक साता लामो भ्रमणको लागि थाइल्याण्ड जान लागेको हो । यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मलनिवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्