घर सँगै जलेर एक बृद्धको मृत्यु



रविन भट्टराई/ताप्लेजुङ, १९ माघ ।
ताप्लेजुङमा एक घरमा आगलागि हुँदा घर सँगै जलेर एक बृद्धको मृत्यू भएको छ ।

मंगलबार राति घरमा आगलागि हुँदा तेल्लोक दुई निवासी ७२ वर्षीय रामबहादुर परा लिम्बुको घर सँगै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

राति आगो बालेर आगो ताप्दै चुल्हो नजिकै सुतेका लिम्बुको रातिनै घरमा आगो सल्कँदा सुतेकै स्थानमा जलेर मृत्यु भएको हुन सक्ने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

उनको शव शरीरको अधिकाँस भाग जलेर नचिनिने अबस्थामा फेला परेको प्रमुख केसीको भनाई छ । छिमेकिहरुको घर टाढा भएको र राति आगलागि भएको कारण आगो राति करीव साँढे दश बजे मात्र नियन्त्रणमा आएको थियो ।

मृतक लिम्बुको शव पोस्टमाटमका लागि बुधबार जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्