सिजी ब्रान्डको १०औं वर्ष पूरा



काठमाडौं, (नेस)
सिजी ब्रान्डले स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ। त्यस क्रममा ब्रान्डले पार्टनर मिट पनि आयोजना गरेको छ। तीन सयभन्दा बढी डिलरहरू भेला भएको कार्यक्रममा विभिन्न नयाँ उत्पादनको उद्घाटन भएको थियो।

१० वर्ष पहिले दुई किसिमका मोडल टिभीबाट शुरू भएको सिजीले अहिले आफ्नै ब्राण्ड स्थापना गरी २३ किसिमका विभिन्न उत्पादनका टिभी र सयौं मोडलका विभिन्न घरायशी सामग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तु उत्पादन तथा खरिद बिक्री गर्दै आएको छ।

व्यवसायको शुरूआतसँगै उपभोक्ता तथा डिलरबाट प्राप्त सुझाव र सल्लाह मनन गरी सामानको गुणस्तर तथा सेवामा सुधार गर्दै सेव विस्तार गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्