लघु उद्यमले बढायो स्वरोजगार



काभ्रेपलाञ्चोक (नेस)
जिल्लामा रहेका जिल्ला लघु उद्यमी समुह संघ (डिमेगा) को नवौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लघु उद्यम विकास कार्यक्रम र जिल्ला विकास समिति मार्फत प्रवर्दित लघु उद्यमीहरु तथा स्थापना भएका विभिन्न व्यवसायमा आधारित १ हजार ४ सय ७ लघु उद्यमीहरुको पुर्नस्थापना तथा विस्तार गर्ने तथा व्यवसायिक विकास गरी काभ्रे जिल्ला कै विपन्नता बाट आर्थिक सम्पन्नता तर्फ उन्मुख भएको छ ।

पाँच बर्षिय उद्यम विकास रणनितिक योजना अनुसार संस्थाले व्यवसायको विस्तारको माध्यमबाट लक्षित समुहको आम्दानी र रोजगारीमा बृद्धि गरी लघु उद्यमीहरुको दिगो संरक्षण र संबर्दन गर्ने लक्ष्य बोकेको छ । संस्थाले काभ्रेपलाञ्चोक जिल्लामा रहेका सम्पुर्ण लघु उद्यमीहरुलाई प्रतिनिधि मुलक संस्थाको रुपमा रही उनीहरुको हक अधिकारको संरक्षणको लागि कार्य गर्ने, आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका विपन्न, दलित जनजाती महिला आर्थिक सामाजिक उत्थान संभावित तथा भईरहेका उद्यमीहरुलाई उद्यमशिलता विकास व्यवसाय व्यवस्थापन बजारीकरण सीप विकास उपयुक्त प्रविधि संस्थागत विकास आदि सहयोग जुटाउन विभिन्न यस संग सम्बन्धित सरकारी गैरसरकारी संस्थासंग समन्वय र सम्पर्कबाट हातेमालो गदै अगाडी बढ्ने उद्देश्य लिएको छ । काभ्रे जिल्लामा लघु उद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग कार्यालय, गरिवी निवारणका लागि कृयाशिल भएका छन् ।

कार्यक्रम संस्थाको अध्यक्ष मदन मंग्रातीको सभापतित्वमा प्रमुख अतिथि सांसद रामहरी सुवेदी थिए भने स्थानिय विकास अधिकारी टेकराज निरौला, लघु उद्यम विकास कार्यक्रमका क्षेत्रिय कार्यालय काठमाडौका प्रबन्धक उत्तम श्रेष्ठ लगायत पशु सेवा कार्यालय कृषि कार्यालय गैरसरकारी संस्था, लघु उद्यमी महासंघका प्रतिनिधि, उद्योग बाणिज्य महासंघ तथा अन्य सरकारी तथा गैरसरकारी संस्था, राजनितिक दल समाजसेवी, बुद्धिजिवी, काभ्रे जिल्लाका लघुउद्यमीहरु व्यवसायिक सेवा प्रदायक संस्था दिगो उद्यम तथा सामाजिक विकास केन्द्र लगायत अन्य संघ संस्थाको प्रतिनिधित्व रहेको थियो ।

साधारण सभामा संस्थाका सचिव विर बहादुर लामाले संस्थागत प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभामा बोल्दै सुवेदीले रामहरी सुवेदीले जिल्लाको अर्थतन्त्रको विकास नै उद्यम विकास भएकाले गरिवी निवारणका लागि उद्यम विकास हुन जरुरी भएको बताए । सांसद सुवेदीले १० लाख बजेट उद्यमीहरुको हक हित र विस्तारको लागि छुयाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । उद्यमलाई विकास गर्न त्यहाँ भित्र भएका समस्या समाधान गर्न उद्यमीको सामानको उचित बजारको व्यवस्था, लघु उद्यमीको उत्पादित बस्तुको ब्रान्ड र उद्यमशिलताको विकासलाई मध्यनजर गर्दै अगाडी बढनु पर्ने स्थाानीय विकास अधिकारी टेकराज निरौलाले बताए ।

लघु उद्यम विकास कार्यक्रम प्रबन्धक उत्तम श्रेष्ठले लघु उद्यम विकास कार्यक्रम (मेडेप), जिल्ला विकास समिति, घरेलु तथा साना उद्योेग कार्यालय तथा सेवा प्रदायक संस्थाको संझौतामा कार्यक्रम सञ्चालन गर्न लागिएकोमा नेपालकै नमुना जिल्ला काभ्रे भएको भन्दै धन्यवाद दिएका थिए ।

जिल्ला लघु उद्यमी समुह संघलाई आफुले बनाएको रणनितिक योजना अनुसार अगाडी बढ्नको लागि निर्देशन दिएका छन् । सभाले पुनः मदन मंग्रातीक अध्यक्ष, उपाध्यक्ष गोपाल प्रसाद तिमल्सिना सचिव विरबहादुर लामा, सहसचिव उमादेवि खरेल, कोषाध्यक्ष मेनुका रम्तेल रहेको ११ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्