बुटवल ११ ‘ए’ डिभीजनमा



भैरहवा, १८ माघ ।
स्टार क्रीकेट क्लव पडसरीलाई ५ विकेटले हराउदै बुटवल ११ भैरहवामा जारी रुपन्देही जिल्ला स्तरीय लिगबाट ए डिभीजनमा प्रबेस गरेको छ ।

भैरहवा स्थित शिद्धार्थ रगंसालामा सोमवार भएको खेलमा स्टार क्रीकेट क्लवलाई हराउर्दै बुटवल ११ डिभीजन ए मा प्रबेस गरेको हो । टस जितेर पहीला ब्याटीन गरेको स्टार निर्धारीत ४० ओभरको खेलमा ३२ दशमलव ३ ओभरमा सवै विकेट गुमाउर्दै १ सय २५ रनमा समेटीएको थियो ।

प्रति उत्तरमा मैदान छिरेको बुटवल ११ ले २३ दसमलव ४ ओभरमा ५ बिकेटको क्षतीसगै लक्ष्य पुरा गरेको थियो । बुटवल ११ ले जितहात पार्ने क्रममा १ सय २९ रन जोडेको थियो । बुटवल ११ का लागी हिमाल पुनले ५१, मौसम श्रेष्ठले नटआउट २२, पदम पराजुलीले १४ रन बनाए । बलीङ्गमा स्टारका सन्तोस क्षेत्रीले २ तथा गोविन्द खत्री, सचिन केसी र कुसल मल्लले १/१ बिकेट लिए ।

स्टारकालागी मिर्नाल गुरुनंले ३२ तथा सुनिल साहनीले २० रनको योगफल तयार पारे पनि जितकालागी प्रर्याप्त भएन । खेलको म्यान अफद म्याच बुटवलका हिमाल पुन घोषित भएको आयोजक रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगितामा मगंलवार बि डिभीजनमा रहेका क्लवहरु बिचको अन्तीम खेल हुने छ ।

अन्तीम खेलमा बुम एमसीसी क्रीकेट क्लव भैरहवा र गोलपार्क क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुदैछ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्