अजेस्ना मिस कलेज आइकन



एएनपी मिडिया हाउसले आइतबार राजधानीमा एकसाथ दुई भिन्न उमेर र वर्गको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ भएकी छिन्। शाक्य बेस्ट स्किन, फेसबुक च्वाइस र बेस्ट फिट्नेसको उपउपाधिका साथ मिस कलेज आइकन २०१७ भएकी हुन्।

राजधानीका विभिन्न कलेजमा अध्ययनरत कलेज सुन्दरीहरुका बीच भएको प्रतियोगितामा जमुना कार्की फस्ट रनर्सअपका साथ मिस कन्जिनियालिटी, पिया कुँवर सेकेन्ड रनर्सअपका साथ मिस ब्युटीफुल तथा टासील्हामु शेर्पा थर्ड रनर्सअपका साथ मस्ट डिसिप्लेन भए। त्यसै गरी रेखा सन्दश बेस्ट फिजिक, कृति श्रेष्ठ बेस्ट स्पिच, बिन्दु भट्ट मस्ट चार्मिङ, सुजना पाण्डे मिस फोटोजेनिक र मस्ट पपुलर, सभ्याता नेपाल मिस क्याटवक र मस्ट एक्टिभ, सलिसा श्रेष्ठ मस्ट फ्रेन्डली, दिना देके मस्ट कन्फिडेन्ट, प्रतीज्ञा थापा मिस ट्यालेन्ट, ममता गुरुङ मस्ट ब्यटिफुल आइज, इस्पा जोशी बेस्ट हेयर र श्वेता थापा बेस्ट फर्सनालिटी भएका छन्।

एएनपी मिडिया हाउसले यसपटक मिस कलेज आइकनका साथमा लिटिल आइकन नेपाल २०१७ पनि एक साथ आयोजना गरेको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको लिटिल आइकन नेपाल २०१७ अन्तर्गत १२ देखि १५ वर्षसम्मका बालकबीचको प्रतियोगितामा सानमियल महर्जन विजेताका साथमा मिस्टर ट्यालेन्ट भएका छन् भने सन्देश बज्राचार्य फस्ट रनर्सअपका साथ मस्ट पपुलर, मिस्टर क्याटवाक र बेस्ट फिटनेस, युगल लिम्बु सेकेन्ड रनर्सअपका साथ मस्ट फ्रेन्डली, सुक्रिन श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट एकटिभ र मस्ट फोटोजेनिक भएका छन्। यो उमेर समूहको प्रतियोगितामा प्रज्ञान महर्जन मस्ट डिसिप्लेन, रबिन लामा मिस्टर ह्यान्डसम, लक्की महर्जन बेस्ट पर्सनालिटी र अस्तित्व राई मस्ट डिजर्भिङ भएका छन्। त्यसै गरी ८ देखि १२ वर्षसम्मका बालिकाबीचको प्रतियोगितामा योगिशा शाक्य विजेताका साथमा बेस्ट फिटनेस, अन्सु रानामगर फस्ट रनर्सअपका साथमा मिस कन्जिनियालिटी र फेसबुक च्वाइस, सन्दिका रानामगर सेकेन्ड रनर्सअपका साथमा मस्ट ब्युटिफुल आइज तथा खुसी थामी थर्ड रनर्सअपका साथमा मिस क्याटवक भएका छन्। यो उमेर समूहबीचको प्रतियोगितामा लुनिभा श्रेष्ठ मस्ट पोजिटिभ एटिट्युट, त्रिष्णा भुजेल बेस्ट स्किन, सरिस्मा श्रेष्ठ बेस्ट हेयर, अमृता महर्जन मस्ट डिसिप्लेन, बिकिसा घलान मस्ट चार्मिङ, निहारिका भण्डारी मस्ट एक्टिभ, निर्देशिका अधिकारी मस्ट फोटोजेनिक र मस्ट पर्फेक्ट, अनिशा श्रेष्ठ मस्ट पपुलर र बेस्ट पर्सनालिटी, प्रिया गौतम फेसन आइकन अवार्ड, रेभना महर्जन मिस ट्यालेन्ट र मेनजमेन्ट च्वाइस अवार्ड, इमरोज महर्जन मस्ट फ्रेन्डली, सोबिका महर्जन मस्ट कन्फिडेन्ट, सुनोयना खड्का मिस ब्युटिफुल र बिनु तामाङ बेस्ट फिजिक भएका छन्।

त्यसै गरी १२ देखि १५ वर्षको समूहका बीच भएको प्रतियोगितामा ज्वाला राई विजेताका साथमा मस्ट पपुलर, मस्ट ब्युटिफुल आइज र फेसबुक च्वाइस, सन्जिना शर्मा फस्ट रनर्सअपका साथमा मिस कन्जिनियालिटी र बेस्ट पर्सनालिटी, प्रनिका कुँवर सेकेन्ड रनर्सअपका साथमा बेस्ट हेयर, सुनिमा लामा थर्ड रनर्सअपका साथमा बेस्ट स्पिच भएका छन्। त्यस्तै पुनम महर्जन मस्ट पन्चुयालिटी, इशा थापा मिस ट्यालेन्ट, कृति महर्जन मस्ट फोटोजेनिक, श्रेया सिलवाल बेस्ट स्किन, अनुभूति श्रेष्ठ मिस क्याटवक र मस्ट चार्मिङ, आकृति विष्ट मस्ट फ्रेन्ड्ली, समिता घिमिरे मिस ब्युटिफुल र मस्ट एक्टिभ, प्रनिशा कुँवर बेस्ट हेयर र आयुश्री शिल्पकार बेस्ट फिटनेस उपउपाधिका विजेता भएका थिए।

सबै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको थियो भने ललितपुर प्याब्सन अध्यक्ष शिव कार्की, ललितपुर नेसनल प्याब्सन अध्यक्ष सुरेश कार्की, इभेन्ट निर्देशक निशुकान्त झा, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द र अन्तर्राष्ट्रिय कार्यक्रम आयोजक नवराज श्रेष्ठ प्रतियोगिताका निर्णायक रहेका थिए।

कार्यक्रममा गोपाल ढकाल (छन्दे) ले हास्यव्यंग्य तथा प्यारोडी गीत गाएर मनोरञ्जन दिलाएका थिए भने बीच–बीचमा विभिन्न गीत–संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्