सुनील र रमेशको जोडी विजयी



नेपाल समाचारपत्र
काठमाडौं
तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता–२०७३ अन्तर्गत सोमबार भएको पुरुष युगलतर्फको इभेन्ट्समा नेपाल एपीएफ क्लबका सुनील जोशी र रमेश श्रेष्ठको जोडीले विजयी भएका छन्।

सुनील र रमेश जोडीले कञ्चनपुरका मोहन ऐर र चिरन विष्टको जोडीलाई २४–२२, २१–१६ ले पराजित गरेको हो। यस्तै नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले महोत्तरीका वरुण दाहाल र सुशील श्रेष्ठको जोडीलाई २१–०९, २१–११ ले, अन्नपूर्ण ब्याडमिन्टन क्लबका रामकुमार बानियाँ र रोमान्ता प्रदीप बानियाँको जोडीले थिरबहादुर कार्की र रूपक थिङको जोडीलाई २१–१७, २१–१० ले, ब्याडमिन्टन एकेडेमी नेपालका सुनील वराही र सविन ढुंगेलको जोडीले धादिङका विदुर कँडेल र चित्रबहादुर मगरको जोडीलाई २१–१०, २१–८ ले, नेपाल पुलिस क्लबका दीपक बोहरा र गौतम कठायतको जोडीले ललितपुरका पविन लिङदेप र दिपेश शाक्यको जोडीलाई २१–१०, २१–१६ ले, त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र राम राईको जोडीले धादिङका रामचन्द्र गिरी र हरि गोतामेको जोडीलाई २१–१०, २१–१३ ले हराए।

यसै गरी नेपाल एपीएफ क्लबका निराजन देवकोटा र नीरविक्रम देवकोटाको जोडीले चन्द्रसूर्य ब्याडमिन्टन क्लबका बोधराज श्रेष्ठ र सुवास उलाकलाई २१–४, २१–१० ले र नेपाल एपीएफ क्लबका विशाल प्रधान र विजित थापामगरको जोडीले जेष्ठ ब्याडमिन्टन एकेडेमीका शशी रावत र अखिल श्रेष्ठको जोडीलाई २१–१२, २१–१५ ले पराजित गरेको छ भने त्रिभुवन आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी, नेपाल एपीएफ क्लबका इन्द्र महता र विमल श्रेष्ठको जोडी, काठमाडौंका नारायण गौतम र अभिषेक गुरुङको जोडी, काठमाडौंका ओम गुरुङ र थाप्चेन शेर्पाले धादिङका भीषण श्रेष्ठ, त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जन तथा नेपाल एपीएफ क्लबका सुमन लिम्बु र सुदीप सेढार्इंको जोडीले वाक ओभर पाएको छ।

यसै गरी १७ वर्षमुनिको पुरुष एकलतर्फका इभेन्ट्समा त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले कैलालीका देवराज रानालाई २१–१५, २१–१३ ले, नेपालगन्ज ब्याडमिन्टन एकेडेमीका शिव थापाले कैलालीका योगेश खड्कालाई १४–२१, २२–२० र २३–०२ ले, नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले कैलालीका पुष्प ठगुन्नालाई २१–९, २१–१२ ले, कञ्चनपुरका मोहन ऐरले मोरङका उज्वल पोखरेललाई २१–११, २१–१९ ले, सुनसरीका विशाल खड्काले जेष्ठ ब्याडमिन्टन क्लबका वरुण सीलाई १९–२१, २२–२० र २१–११ ले, तथा त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनले कैलालीका रवि चन्दलाई २१–८, २१–४ ले पराजित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्