खन्दै–पुर्दै, खन्दै–पुर्दै



प्रशान्त वली, काठमाडौं
काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी असोज मसान्तसम्म आइसक्ने कुरा चलिरहँदा काठमाडौंका उपभोक्ताले पाइप लाइनको विस्तारका क्रममा निकै हैरानी खेप्नुपरेको छ। हाल उपत्यकामा मेलम्ची खानेपानी उपआयोजना दोस्रोअन्तर्गत खानेपानीको वितरण प्रणाली सञ्जाल तथा थोक वितरणको पाइपलाइन बिच्छइउने क्रम जारी छ।

मेलम्ची खानेपानी उपआयोजना–२ ले पाइपलाइन विस्तार गर्दा एकैपटक कामलाई फछर्इेट नगरी खनेको ठाउँमा पुर्ने अनि फेरि खन्ने र पुर्ने कार्यलाई दोहोर्याएको खुल्न आएको छ। जसका कारण सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुनुका साथै सडक अवरोध तथा बाटोमा पाइपलाइन बिछइउँदा खानेपानीको लाइन छिन्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्।

एकपटक खन्दा स्थानीयले विकासको काम भएको र आफैलाई पानी चाहिने भएकोले चित्त बुझाए पनि पटक–पटक अव्यावहारिक हिसाबले खन्ने–पुर्ने गरेको देखेर भने हैरानी महसुस गरेको पाइएको छ। ‘बरु एकै पटकमा सबै काम सके हुने नि एक पटक खनेर पुरिसकेपछि फेरि आएर खन्ने कामसमेत कतिपय ठाउँमा भइरहेको छ।’ –एक सर्वसाधारणले बताए।

हाल प्रयोग भएका खानेपानीका पाइपहरू पुरानो भएकै कारण नयाँ पाइप राख्न बाध्य भएको उपआयोजनाको दाबी छ। अहिलेसम्म कोटेश्वर, मैतीदेवी, पुरानो बानेश्वरलगायतका ४० स्थानबाट मुख्य पाइपलाइन बिच्छइउने कार्य भइरहेको र ३८ किलोमिटर पाइपलाइन बिच्छइइसकिएको उपआयोजना–२ का प्रवक्ता लिला ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यस्तै, घरघरमा पानी पुर्याउनका लागि आवश्यक पर्ने ६ सय किलोमिटर पाइपमध्ये ५ सय २७ किलोमिटर पाइपलाइन विस्तार गरिसकिएको उपअयोजनाको भनाइ छ। उपआयोजनाका अनुसार अझै २२ किलोमिटर पाइपलाइन बिछइउन बाँकी छ।

जुन काम आगामी असार मसान्तसम्म अन्तिम चरणमा पुग्नेछ। क्षति कम गरेर वैज्ञानिक तरिकाले पाइप बिच्छइउने काम भइरहेको उपआयोजनाले बताए पनि कार्यान्वयनमा अप्ठइरो भइरहेको छ। आयोजना सञ्चालन हुनुपूर्व पाइप बिच्छइइसकेपछि सडकलाई कालोपत्रे गरी यथास्थितिमै ल्याइने भनिएको थियो।
तर, पाइप बिछइइएका फराकिला मूल सडकहरूमा अझै पिच गर्ने कार्य अन्योलमा परेको छ। पाइपलाइन विस्तारका लागि करिब २ हजार कामदार खटिएका छन्। यद्यपि पाइप लाइन बिस्तार गर्दा खन्ने पुर्ने अनि फेरि खन्ने–पुर्ने काम भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।

गत भदौमा मेलम्ची खानेपानी उपआयोजनाले पाइपलाइन ओछइउने, खन्ने र पुर्ने भनी सरकारमार्फत अनुमति पाएको थियो। त्यसका लागि ८५ करोड रुपियाँ बजेटसमेत उपआयोजनालाई छुटइइएको छ। अहिले काठमाडौंभित्र पानी ल्याउन दैनिक तीन भागमा विभाजन गरेर कामलाई तीव्र पारिएको आयोजनाका प्रवक्ता ढकालले बताउनुभयो। तर, पाइपलाइन बिछइइएका सडक खण्डहरूमा भने सडक विभागले पिच गर्ने कार्यको जिम्मा लिएको छ।

एकैपटक काम सम्पन्न नगरी पटक⁄पटक खन्ने–पुर्ने कार्यलाई किन दोहोर्याएको भनी उपआयोजनाका प्रवक्ता ढकालसँग जिज्ञाशा राख्दा उहाँको भनाइ थियो– ‘विशेषतः मुख्य वितरण लाइन र वितरण लाइन भएका ठाउँमा त्यसो भएको देखिन सक्छ। तर, एकै ठाउँमा खन्ने–पुर्ने कार्यलाई पटक–पटक दोहोर्याएका छैनौं। त्यसो भएको देखिए उपभोक्ताले हामीलाई जानकारी गराउँदा हुन्छ। प्राविधिक आधारमा १५ फिटसम्मको गहिराइमा पाइप बिछइइएको छ।’ मेलम्चीको खानेपानी भित्रिएपछि उपत्यकामा २४ घण्टामा प्रतिव्यक्ति ६४ लिटर पानी उपलब्ध हुने आयोजनाको दाबी रहेको छ। उपआयोजना–२ ले २०७० चैत १९ गते कोटेश्वर क्षेत्रबाट पाइपलाइन बिच्छइउने कार्य शुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्